एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि कञ्चनपुरको गुलरिया बजारमा चक्काजाम भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा टायर बालेर चक्काजाम गरेका हुन्।
त्रिदेशीय सीमा जोड्ने गरी निर्माण सुरु गरिएको खलङ्गा-तिङ्कर सडकमा सेनाले काम सुरु गर्ने तयारी थालेको छ। ८७ किलोमिटर सडक निर्माणको जिम्मा पाएको नेपाली सेनाले नेपाल-भारत-चीनको सीमा जोड्ने सडक निर्माणको काम...
डडेल्धुरा पार्टी सभापति कर्णबहादुर मल्लले एक विज्ञप्ती जारी गर्दै केन्द्रीय समितिले क्रियाशील सदस्यता विवाद समाधान गरेर जिल्ला कार्यसमितिको समन्वयमा गरेको अधिवेशनलाई मात्रै स्वीकार गर्ने स्पष्ट पारेका छन्।
नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री देउवाको गृहजिल्ला डडेल्धुरामा वडा अधिवेशनका नाममा शुक्रबार जिल्लाका ५२ वटै वडामा भएको नौटंकीले सबैलाई आश्चर्यचकित तुल्याएको कांग्रेस कार्यकर्ताहरुको गुनासो छ।
‘निर्वाचनको एउटा प्रक्रिया हुन्छ। पार्टीका निर्वाचन गर्दा सार्वजनिक रूपमा वडाले सूचना जारी गर्नुपर्छ। सबै क्रियाशील सदस्यहरूलाई मतदानमा सहभागी हुन सूचित गर्नुपर्छ। यहाँ त प्रहरी लगाएर वडा तहको अधिवेशन थालिएको छ।...
सुदूरपश्चिम प्रदेश सरकारको १९ वैशाख २०७८ मा बसेको बैठकको निर्णय अनुसार थारु समुदायले भव्यताका साथ मनाउने अट्वारी पर्वका अवसरमा कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा...
सुदूरपश्चिम प्रदेश निर्वाचन कार्यालय धनगढीका अनुसार दल रोज्ने अन्तिम दिन मंगलबार बेलुका ५ बजेसम्म ६५ जनाले नेकपा एकीकृत समाजवादीको पक्षमा सनाखत गरेका हुन्।