धनगढी– एम्बुलेन्सको ठक्करबाट साइकल यात्रीको मृत्यु भएपछि कञ्चनपुरको गुलरिया बजारमा चक्काजाम भएको छ। दुर्घटनापछि आक्रोशित स्थानीयले सडकमा टायर बालेर चक्काजाम गरेका हुन्।
अत्तरियाबाट महेन्द्रनगरतर्फ जाँदै गरेको म १ च २८८ नम्बरको एम्बुलेन्सले बुधबार बिहान कृष्णपुर नगरपालिका–५ मा साइकलमा सवार स्थानीय कृष्णबहादुर ऐरलाई ठक्कर दिएको थियो।
एम्बुलेन्सको ठक्करबाट घाइते भएका ऐरको सेती अस्पतालमा लैजाँदै गर्दा बिहान ७ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चपुरले जनाएको छ। ऐर साइकलमा दूध लग्दै गर्दा एम्बुलेन्सले ठक्कर दिएको थियो ।
ठक्कर दिने एम्बुलेन्स रेडक्रम उपशाखा बाँस्खेडाको रहेको प्रहरीले जनाएको छ। ठक्कर दिने एम्बुलेन्स र चालकलाई ईलाका प्रहरी कार्यालय गुलरियाले नियन्त्रणमा लिएको छ।