शुक्रबार, जेठ १०, २०८२

तीज कार्यक्रममा दुई समूहबीच झडप, ७ जना घाइते

'मादक पदार्थ सेवन गरेका दुई समूहबीच झडप भएको बुझिएको छ,' उनले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ।’
 |  आइतबार, भदौ २७, २०७८

नेपाल समय

नेपाल समय

आइतबार, भदौ २७, २०७८

धनगढी- तीज कार्यक्रम भइरहेको समयमा कञ्चनपुरमा दुई समूहबीच झडप हुँदा ७ जना घाइते भएका छन्। शनिबार जिल्लाको कृष्णपुर नगरपालिका-१ को भेटघाट शिविरमा तीज कार्यक्रममा दुई समूहबीच झडप भएको प्रहरीले जनाएको छ।

झडपमा कृष्णपुर नगरपालिका वडा नम्बर १ का अन्दाजी २८ वर्षीय चन्द्रबहादुर धामी, अन्दाजी ३५ वर्षीय नरेन्द्र भण्डारी, ३८ वर्षीय नारायण दमाई र ६५ वर्षीय गोविन्द दमाई गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय झलारीका इन्चार्ज प्रहरी निरीक्षक कर्णबहादुर बोहराले बताए ।

उनीहरुको टाउकोमा चोट लागेकाले उपचारका लागि धनगढी पठाइएको छ। झडपमा सोही ठाउँका बलबहादुर डाँगी, मनोज खत्री र किसन खत्री सामान्य घाइते भएको प्रहरी निरीक्षक बोहराले बताए। उनीहरुको स्थानीय क्लिनिकमा उपचार भइरहेको बोहराले बताए।

कुटपिट गरेको आरोपमा कृष्णपुर-१ का विजय भण्डारी र वडा नम्बर २ का प्रेम महरालाई पक्राउ गरिएको उनले बताए। घटनामा ८/१० जना संलग्न भएको पाइएको र उनीहरुको खोजीकार्य भइरहेको उनले बताए। 

'मादक पदार्थ सेवन गरेका दुई समूहबीच झडप भएको बुझिएको छ,' उनले भने, ‘यस विषयमा थप अनुसन्धान भइरहेको छ।’

प्रकाशित: Sep 12, 2021| 16:03 आइतबार, भदौ २७, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।
प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 
प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 
बागमतीबाट पनि बाहिरियो राप्रपा

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।
म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।