होटल क्षेत्रमा काम गर्ने नेपालीले सायद छुट्टी पाउँदैनन्, पाइहाले पनि छोटो समयका लागि मात्रै छुट्टी पाइन्छ, अनि बाध्य भएर भारत फर्कनुपर्दछ, कि त नोकरी छोड्नुपर्दछ।’
सुदूरपश्चिममा विभाजनको संघारमा पुगेको राष्ट्रिय जनमोर्चा पार्टीको भातृ सगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौं) को धनगढीमा भएको सम्मेलनले निर्वमान महासचिव महेशराज जोशी (कञ्चनपुर) को नेतृत्वमा ३१ सदस्यीय समानान्तर...
तीन ग्राम ६९० मिलिग्राम खैरो हेरोइनसहित जिल्लाको धनगढी उपमहानगरपालिका–१३ राजपुरका १८ वर्षीय आकाश राना, राजेश राना, राजकुमार राना र सुजिता राना पक्राउ परेका हुन्।
सुदूरपश्चिम प्रदेशमा भने माओवादी नेतृत्वको सरकार रहेको छ। माओवादी कोटाबाट मुख्यमन्त्री बनेका त्रिलोचन भट्टप्रति सुदूरपश्चिमका कांग्रेस नेताहरुले असन्तुष्टि व्यक्त गरेका छन्।
करिब ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको निकुञ्जमा विभिन्न मृग, बँदेललगायतका जनावर पाइन्छन्। बुधबार राससका रत्न श्रेष्ठले निकुञ्ज क्षेत्र पुगेर कैद गरेका केही तस्बिरहरू:
'नेपाली कांग्रेसमा कुनै पनि कार्यकर्तालाई काखा र पाखा गरिन्न। नवप्रवेशीहरुलेहरू पनि यसको कुनै महसुस गर्नुपर्ने छैन,' नेता लेखकले भने, 'म नवप्रवेशीलाई पनि सम्मानजनक हिसाबले क्षमताअनुसार जिम्मेवारी दिने प्रतिबद्धता गर्छु।'
नाका पूर्णरुपमा खुलेपछि अब भारतीय निजी गाडीमा लगाइएको रोक पनि हटेको छ। कोभिड–१९ का कारण डेढ वर्षदेखि आंशिक रुपमा सञ्चालन भइरहेका नाकामा भारतीय गाडीमा रोक लगाइएको थियो।
नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्लामा कांग्रेसका दुई पक्षबीच झडप भएको हो। झडपमा केही कार्यकर्ता घाइते भएको बताइएको छ।
सुदूरपश्चिम प्रदेशसभाको आठौं अधिवेशन अन्त्य भएको छ। जेठ २१ गतेदेखि सुरू भएको अधिवेशन गएराति राति १२ बजेदेखि अन्त्य भएको सभामुख अर्जुनबहादुर थापाले बताए।