काठमाडौं। विश्वभरि छाया अर्थतन्त्र अर्थात् स्याडो इकोनोमी कुल गार्हस्थ उत्पादन (जीडीपी)को ११.८ प्रतिशत बराबर भएको अनुमान गरिएको छ। तर, १३१ देशमध्ये नेपालसहितका तीन मुलुकमा भने जीडीपीकाे ५० प्रतिशत माथि रहेकाे प्रतिवेदन सार्वजनिक भएकाे छ।
खासगरी तस्करी, भ्रष्टाचार, कालोबजारी, लागूपदार्थ कारोबार तथा वैधानिक तर अनौपचारिक क्रियाकलापले छाया अर्थतन्त्र निर्माण भएको हुन्छ। छाया अर्थतन्त्र निर्माणमा आर्थिक अपराधको सबैभन्दा बढी पकड रहेको विश्वव्यापी मान्यता छ।
भ्यूजिअल क्यापटलिस्टडटकमले अन्तर्राष्ट्रिय मुद्राकोषको प्रतिवेदनलाई आधार बनाएर प्रकाशित गरेको विवरणअनुसार सियरा लिओन, नाइजर र नेपालमा भूमिगत अर्थतन्त्र जीडीको आधाभन्दा बढी रहेको अनुमान गरिएको छ।
प्रतिवेदनका अनुसार अमेरिकाको छाया अर्थतन्त्रले जीडीपीको ५ प्रतिशत हिस्सा रहेको छ, जसको मूल्यांकन लगभग ४१.४ ट्रिलियन छ।
प्रतिवेदनका अनुसार विश्वव्यापी छाया अर्थतन्त्रले प्रत्येक वर्ष ट्रिलियन डलरको राजस्वमा योगदान दिन्छ भने यो आपराधिक क्रियाकलाप र अन्य गणना नगरेका लेनदेनद्वारा सञ्चालित भइरहेको छ। कम आय भएका देशमा छाया अर्थतन्त्रले जीडीको ठूलो भाग कभरेज गरेको छ, जुन अनुमानित ४२.४ प्रतिशत हिस्सा रहेको छ। धनी देशमा ५.९ प्रतिशत मात्रै छ।
छाया अर्थव्यवस्थामा रिपोर्ट नगरेका वा कर नलगाइएका गतिविधि समावेश छन्, जसले सरोकारवाला निकायलाई निगरानी गर्न गाह्रो बनाएको उल्लेख छ।
यसमा अवैध उद्योग, मादक पदार्थ तस्करी, भ्रष्टाचारबाट अवैध लेनदेनलगायत नगद कारोबार समावेश छन्। अनौपचारिक अर्थव्यवस्थाको मापन गर्न गाह्रो भए पनि यो सन् २००० मा विश्वको जीडीपीको १७.७ प्रतिशतबाट २०२३ मा ११.८ प्रतिशतले घटेको देखिएको छ।
प्रतिवेदनका अनुसार विश्वव्यापी छाया अर्थतन्त्रले प्रत्येक वर्ष ट्रिलियन डलरको राजस्वमा योगदान दिन्छ भने यो आपराधिक क्रियाकलाप र अन्य गणना नगरेका लेनदेनद्वारा सञ्चालित भइरहेको छ।
भूमिगत अर्थतन्त्रको पहिलो स्थानमा सियरा लियोन रहेको छ। सियरा लियोनको स्याडो इकोनोमी जीडीपीको ६४.५ प्रतिशत बराबर छ। यद्यपि, अन्य उपसहारा अफ्रिकी देशमा अनौपचारिक अर्थतन्त्रले लाखौं श्रमिकलाई रोजगारी दिँदै आएको प्रतिवेदनमा भनिएको छ। किसान, सडक व्यापारी र साना व्यवसायका मालिक यसमा समावेश छन्।
डेमोक्रेटिक गणतन्त्र कंगो यसको अनौपचारिक अर्थतन्त्रको स्केल र संगठित अपराधमा अगाडि रहेको छ।
तेस्रो स्थानमा नेपाल
नेपाल समग्रमा तेस्रो स्थानमा रहेको छ। नेपालको छाया अर्थतन्त्र जीडीपीको ५१ प्रतिशत बराबर रहेको प्रतिवेदनमा उल्लेख छ।
नेपालमा भ्रष्टाचार नियन्त्रणका लागि स्थापना गरिएका संयन्त्रले नियमानुसार काम नगरेपछि भ्रष्टाचार, कालो धन, अवैध कारोबारजस्ता क्रियाकलाप बढ्दा स्याडो इकोनोमीले प्रश्रय पाएको प्रतिवेदनमा भनिएको छ।
यद्यपि नेपालको कृषि क्षेत्रले अनौपचारिक श्रमिकको ठूलो हिस्सालाई रोजगारी दिएको उल्लेख छ। नेपालका ८५ प्रतिशत श्रमिक अनौपचारिक अर्थतन्त्रमा संलग्न छन्, जसले धेरैका लागि जीविकोपार्जनको एक महत्त्वपूर्ण स्रोत उपलब्ध गराएको प्रतिवेदनले औंल्याएको छ।
प्रतिवेदनका अनुसार अमेरिकाको भूमिगत अर्थतन्त्रको जीडीपी केवल ५ प्रतिशत मात्रै रहेको छ। १.४ ट्रिलियन डलरको मूल्यांकनमा विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रमध्ये एक बनाउँछ।
छाया अर्थतन्त्रलाई १३१ देशको विश्लेषणको आधारमा ११.३ प्रतिशतको जीडीपीे बराबर विश्लेषण गरिएको छ। छाया अर्थतन्त्रमा करबाहिरका व्यापार गतिविधि, लागूपदार्थ व्यापार, र अन्य अवैध गतिविधि समावेश हुन्छन्।
वार्षिक रूपमा खरिदमा ट्रिलियन सिर्जना गर्दछ। छाया अर्थतन्त्र कम आय भएका देशहरूमा जीडीपीको ४२.४ प्रतिशत बराबर छ, जसको उच्चतम घनत्व अफ्रिकामा छ। उत्तर अमेरिका, युरोप र मध्यपूर्वमा जीडीपी कम हिस्साको छ। छाया अर्थतन्त्रमा संयुक्त अरब इमिरट्सको जीडीपीको स्तर विश्वव्यापी रुपमा २.१ प्रतिशत मात्रै छ, जुन सबैभन्दा कम हो।
आर्थिक अपराध विश्वका सबै देशमा हुने गरे पनि नेपालजस्ता सुशासन कमजोर भएका मुलुकमा छाया अर्थतन्त्रले देशको अर्थव्यवस्थालाई पकडमा राखेको प्रतिवेदनमा उल्लेख छ।
छाया अर्थतन्त्रलाई भूमिगत अर्थतन्त्र, अनौपचारिक अर्थतन्त्र वा समानान्तर अर्थतन्त्र पनि भनिन्छ। यसमा अवैध प्रकारबाट भएको आर्थिक क्रियाकलापका साथै वैध तरिकाबाट उत्पादित वस्तु तथा सेवाहरूको अभिलेख नराखी गरिने क्रियाकलापसमेत पर्दछन्। छाया अर्थतन्त्रमा करको दायरामा पर्ने तर कर छलेर कारोबार गरिएका आर्थिक क्रियाकलाप समाविष्ट हुन्छन्।