प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले सुशासनका लागि सरकारले आधारभूत सुधारमा जोड दिएको र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले त्यसपक्षमा परिणामात्मक थालनी गरेकोमा खुशी व्यक्त गरेका छन्।
सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कर्णाली उत्सवको रुपान्तरण र पुस्तान्तरण सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतम र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले एजेण्डाको रुपान्तरण नभएसम्म पुस्तान्तरण हुन नसक्ने बताए।
कार्यसम्पादन मूल्यांकनमा भरतपुर महानगरपालिका देशकै उत्कृष्ट देखिएको छ। बजेट विनियोजनदेखि कार्यक्रम कार्यान्वयनसम्मको प्रदर्शनका आधारमा मापन हुने कार्यसम्पादन मूल्यांकनमा भरतपुर पहिलो भएको हो।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले लोकतन्त्रको विकल्प लोकतन्त्र नै भएको बताएका छन्। प्रजातन्त्र स्थापना दिवसको अवसरमा स्कुल अफ डेमोक्रेसीले काठमाडौंको नयाँ बानेश्वरमा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता...
राष्ट्रपति विद्यादेवी भण्डारीले जनता नै राज्यशक्तिको सम्पूर्ण स्रोत हुन् भन्ने मान्यतामा आधारित रही लोकतान्त्रिक आचरणलाई जीवन पद्धति बनाउन सकेको खण्डमा प्रजातन्त्र दिवसको सार्थकता पुष्टि हुनसक्ने बताएकी छन्।
७ फागुनको प्रजातन्त्र दिवस अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सूचीमा सांसद अरुण चौधरीलाई समावेश गरेपछि उनको बाँकी सजाय मिनाहा भएको हो।