मंगलबार, साउन १४, २०८२

राष्ट्रपतिबाट नागरिक उन्मुक्तिका सांसद चौधरीलाई क्षमादान

७ फागुनको प्रजातन्त्र दिवस अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सूचीमा सांसद अरुण चौधरीलाई समावेश गरेपछि उनको बाँकी सजाय मिनाहा भएको हो।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका सांसद अरुण चौधरीको कैद मिनाहा भएको छ। ७ फागुनको प्रजातन्त्र दिवस अवसरमा राष्ट्रपतिको कार्यालयले कैद मिनाहा हुनेहरूको सूचीमा सांसद अरुण चौधरीलाई समावेश गरेपछि उनको बाँकी सजाय मिनाहा भएको हो।

सजाय मिनाहा भएसँगै हाल कैलाली कारागारमा रहेका उनी रिहा हुनेछन्। राष्ट्रपति कार्यालयले शुक्रबार विज्ञप्ति प्रकाशित गरी विभिन्न ३९५ जनाको कैद सजाय राष्ट्रपति विद्यादेवी भण्डारीबाट माफी गरिएको जनाएको छ। सोहीअनुसार सांसद चौधरीसहित कैलाली कारागारमा रहेका अन्य १४ जनाको पनि कैद मिनाहा भएको छ।

नागरिक उन्मुक्तिका सचेतकसमेत रहेका चौधरीलाई पक्राउ गरी २० माघमा जिल्ला अदालत कैलालीमा पेस गरिएको थियो। उनलाई ९ वर्षअघि भएको ट्रयाक्टर आगजनीको मुद्दामा जिल्ला अदालतले दोषी ठहर गरेको थियो।सोही मुद्दाका कारण उनलाई प्रतिनिधिसभा निर्वाचित भएपछि पक्राउ गरी थुनिएको थियो।

ट्रयाक्टरमा पेट्रोल छर्किएर आगजनी गरेको आरोपमा अदालतले उनीसहित तीन जनालाई ६ महिना कैद र ८ लाख क्षतिपूर्तिको फैसला सुनाएको थियो।घटनाको १३ वर्षपछि गत १९ माघमा पक्राउ परेका चौधरी अहिले कैलाली कारागारमा छन्।

प्रकाशित: Feb 18, 2023| 11:41 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...