मंगलबार, साउन १४, २०८२
  • गृहपृष्ठ
  • राजनीति
  • एमालेलाई आधा कार्यकाल प्रधानमन्त्री र सिंगो राष्ट्रपतिको अफर प्रचण्डबाटै आएको हो : योगेश भट्टराई

एमालेलाई आधा कार्यकाल प्रधानमन्त्री र सिंगो राष्ट्रपतिको अफर प्रचण्डबाटै आएको हो : योगेश भट्टराई

बालकोटमा ९ पुसमा सात दलीय गठबन्धनअगाडि प्रचण्ड आफैंले प्रस्ताव गरेको राजनीतिक समझदारीका बुँदा अक्षरशः पालना हुनुपर्ने नेता भट्टराईको धारणा।
 |  शनिबार, फागुन ६, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, फागुन ६, २०७९

काठमाडौं– एमालेले प्रस्ताव गर्ने राष्ट्रपतिको उम्मेदवार सत्ता गठबन्धनको साझा हुने दाबी सत्तारुढ एमाले सचिव योगेश भट्टराईले गरेका छन्। शनिबार मिसन ग्रासरुट अभियानका लागि कर्णालीको सुर्खेत पुगेका नेता भट्टराईले १० पुसमा बालकोटमा प्रधानमन्त्री पुष्पकमल दाहालबाट व्यक्त प्रतिबद्धता अक्षरशः पालन हुनुपर्नेमा जोड दिएका हुन्।

अध्यक्ष केपी ओली निवास बालकोटमा ९ पुसमा सात दलीय गठबन्धन बनेर पहिलो चरणमा माओवादी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री हुने र राष्ट्रपति एमालेले पाउने सहमति भएको थियो। उनले भने, ‘एमालेबाट प्रस्तावित व्यक्ति राष्ट्रपतिको उम्मेदवार हुन्छ। उक्त व्यक्ति गठबन्धनभित्र रहेका दलको पनि साझा उम्मेदवार हुनेछन्।’

सचिव भट्टराईले गत ४ मंसिरमा भएको आमनिर्वाचनमा एमाले हराउन गठबन्धन बने पनि १० पुसदेखि बेलुकीदेखि टुटेको दाबी गरे। उनले भने, ‘प्रधानमन्त्री प्रचण्ड आफैं एमालेलाई खोज्दै बालकोट आउनुभएको हो। पाँच वर्षमा आधा कार्यकाल आफू प्रधानमन्त्री बन्ने र राष्ट्रपति एमालेलाई दिने प्रस्ताव उहाँबाट आएको हो। हामीले मागेको, भनेको पनि होइन।’ 

भट्टराईले मिसन ग्रासरुट अभियानमार्फत पार्टीलाई जमिनतिर फर्काउन अझ बल पुग्ने बताए। उनले भने, ‘हामी १० लाख ९२ हजार बढी संगठित सदस्यलाई परिचालन गर्नेछौं। हरेक घरका सदस्यकहाँ पुगेर तिनका समस्या, गुनासा, विकास निर्माण, स्थानीय तहले गरेका काम सबैको पहिचान ग्रासरुटले गर्नेछ।’

प्रकाशित: Feb 18, 2023| 14:19 शनिबार, फागुन ६, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...