मंगलबार, साउन १४, २०८२

कर्णाली उत्सवमा बहसः रुपान्तरण कि पुस्तान्तरण?

सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कर्णाली उत्सवको रुपान्तरण र पुस्तान्तरण सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतम र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले एजेण्डाको रुपान्तरण नभएसम्म पुस्तान्तरण हुन नसक्ने बताए।
 |  आइतबार, फागुन ७, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, फागुन ७, २०७९

सुर्खेत- राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले रुपान्तरण विनाको पुस्तान्तरण सफल हुन नसक्ने बताएका छन्। सुर्खेतको वीरेन्द्रनगरमा आइतबार कर्णाली उत्सवको रुपान्तरण र पुस्तान्तरण सत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सोबिता गौतम र राप्रपाका सांसद ज्ञानेन्द्र शाहीले एजेण्डाको रुपान्तरण नभएसम्म पुस्तान्तरण हुन नसक्ने बताए।

कार्यक्रममा प्रतिनिधिसभाका सदस्य ज्ञानेन्द्र शाहीले सोच परिवर्तन नभएसम्म कुनै पनि व्यक्तिले व्यवस्था परिवर्तन गर्न नसक्ने बताए। ‘हामी रुपान्तरण नभइकन पुस्तान्तरणको कुनै पनि काम छैन। व्यवस्था परिवर्तन नै यो देशको उद्गम स्थल हो। व्यवस्था परिवर्तन भएन भने अवस्था परिवर्तन गर्न सकिन्न,’ शाहीले भने,  ‘त्यसैले व्यक्तिले अवस्था परिवर्तन गर्न सकिँदैन। अवस्थामात्रै परिवर्तन भएको भए यस्तो अवस्था हुँदैन थियो। युवालाई नेपालको राजनीतिमा स्वीकार गर्न सक्ने अवस्था नै छैन। त्यसैले पहिले रुपान्तरण अनि बल्ल पुस्तान्तरण हुन्छ।’ कुनै पनि व्यक्ति योजनाविना राजनीतिमा नआउने बताउँदै शाहीले पहिले आफू सुर्खेत आउँदा मान्छेहरुले कुट्न आउने र पत्रकारहरुले क्यामेरा उल्टो फर्काएर बस्ने गरेको स्मरण गरे।

‘कुनै पनि व्यक्ति योजनाविना राजनीतिमा आउँदैन। मेरै उदाहरणलाई लिएर हेरे हुन्छ। म बोल्दै गर्दा कुट्न आउँथे, क्यामेरा उता फर्किन्थे। आज यही मञ्चमा उभ्याइदिनुभएको छ, यही हो रुपान्तरण भनेको,’ शाहीले भने, ‘सोच विना र लक्ष्य विनाको मान्छे त मान्छे नै होइन नि।’

कार्यक्रममा रास्वपाका सांसद सोबिता गौतमले आफूहरुको मूल एजेण्डा रुपान्तरण नै रहेको बताइन्। तर नयाँ रुपान्तरणलाई बोक्न सक्नेगरि नयाँ पुस्ता आउनुपर्ने तर्क उनको थियो। ‘हाम्रो मूल एजेण्डा रुपान्तरण नै हो रुपान्तरणलाई बोक्ने फेरि नयाँ पुस्ता हो। रुपान्तरणलाई बोक्न पुस्ता आवश्यकता पर्छ,’ उनले भनिन्, ‘नेपालको अहिलेको जनसंख्याको ४२ प्रतिशत हिस्सा युवा पुस्ताले ओगटेको छ। युवाको मुद्दा हजुरवुवा हजुरआमा उमेर समूहकाले बोक्न सक्नुहुन्न। त्यसैले सुरुमा रुपान्तरण जरुरी छ, त्यसपछि बल्ल पुस्तान्तरण हुन्छ।’ उनले अहिलेको युवा पुस्ताको विद्रोह पनि रुपान्तरणका लागि भएको बताइन्।

विश्लेषक दिपेश घिमिरले ४६ साल यता राजनीतिक व्यवस्था कुनै न कुनै रुपमा परिवर्तन भएता पनि नेताहरु परिवर्तन नभएका कारण मुलुकमा प्रगति हुन नसकेको बताए। ‘रुपान्तरण र पुस्तान्तरण दुवैवटा अवधारणा एक अर्कामा जोडिएको छ। हामीले ४६ साल यता कुनै न कुनै रुपमा हामीले व्यवस्था परिवर्तन गरेको हो,’ घिमिरेले भने, ‘तर ५१ सालदेखि एउटै व्यक्तिको शासन छ। परिवर्तनको मुद्दालाई बोक्न सक्ने र डेलिभर गर्न सक्ने नयाँ नेतृत्व चाहिन्छ। पुस्ता उही रहेर रुपान्तरण हुँदा देशको परिवर्तन हुन सक्दैन।’ उनले त्याग र बलिदानबाट आएको पुस्ताले विचारसहित आएको नयाँ पुस्तालाई राजनीति सुम्पिनुपर्ने धारणा राखे। ‘एउटा पुस्ता त्याग बलिदानबाट आएको छ र अर्को पुस्ता एजेण्डा र विचार लिएर आएको छ। त्यसबेलाको त्याग र बलिदान बिना आज भेला भएर आफ्नो विचार प्रस्फुटित गर्न सकिदैनथ्यो,’ घिमिरेले भने।

प्रकाशित: Feb 19, 2023| 12:41 आइतबार, फागुन ७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...