काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बिपी राजमार्गको क्षतिग्रस्त खण्डमा तुरन्त पुनर्निर्माण सुरु गर्न निर्देशन दिएका छन्। वर्षायाममा यातायात अवरुद्ध हुन नदिने गरी काम सुरु गर्न उनको निर्देशन छ।
आज राजमार्गको निरीक्षण गर्दै त्यसका लागि स्रोत अभाव हुन नदिइने प्रतिबद्धता जनाए। ‘यो राजमार्ग देशको पूर्वी भागलाई संघीय राजधानीसँग जोड़ने लाइफलाइनसमेत भएकाले एक दिन पनि अवरुद्ध हुन नदिने गरी काम अघी बढाउन सडक विभागलाई निर्देशन दिन्छु’, उनले भने।
मन्त्रीसँगै अनुगमनमा रहेका मन्त्रालयका सचिव केशवकुमार शर्माले विभागको जनशक्ति र उपकरण समेत तत्काल परिचालन गÞरेर काम सुरु गर्न निर्देशन दिए।
सडक विभागका महानिर्देशक रामहरि पोखरेलले अल्पकालीन र दीर्घकालीन तयारीसहित मर्मत र पुनर्निर्माणको काम थालिने बताए।
संघीय सडक सुपरिवेक्षण तथा अनुगम कार्यालय काठमाडौंका प्रमुख शुभराज न्यौपानेले नियमित रूपमा सडक अवरोध हटाउने तथा तत्काल गर्नुपर्ने मर्मतको काम भइरहेको जानकारी दिए।
मन्त्री दाहालसाहितको टोलीले सूर्यविनायक–धुलिखेल सडकको समेत निरीक्षण गरी कामलाई तीव्रता दिन निर्देशन दिएको छ। त्यस क्रममा आयोजना प्रमुख राजेन्द्र दासले निर्माणलाई गति दिन नियमित अनुगमन र निगरानी भइरहेको बताए।
टोलीले बिपी राजमार्गको धुलिखेलदेखि नेपालथोकसम्मको निरीक्षण गरेको हो। अनुगमनमा सडक विभागका उपमहानिदेशक अर्जुन अर्याल, सडक डिभिजन भक्तपुर तथा खालडेका प्रमुख तथा प्राविधिकलगाय सहभागी थिए।
-1739000319.jpg)
-1739000318.jpg)
-1739000317.jpg)
-1739000317.jpg)
-1739000316.jpg)
-1739000316.jpg)
-1739000316.jpg)
-1739000315.jpg)
-1739000315.jpg)
-1739000315.jpg)
-1739000315.jpg)
तस्बिरः भाैतिक मन्त्रीकाे सचिवालय