आज बसेको संसदीय दलको बैठकले उपनेतामा श्रेष्ठ र प्रमुख सचेतकमा परियारलाई चयन गरेको हो। परियार समानुपातिकबाट र श्रेष्ठ प्रत्यक्षबाट निर्वाचित सांसद हुन्।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री राजेन्द्रकुमार राईले देशको आर्थिक विकास, समृद्धि र आर्थिक रूपान्तरण आजको आवश्यकता रहेको बताएका छन्। उनले आर्थिक रूपान्तरण गर्न सबैजना जुट्नुपर्ने धारणा राखे।
सातदलीय गठबन्धनमा तेस्रो शक्तिको रुपमा प्रवेश गरेर सरकारमा सहभागी भइसकेपछि पनि विवादरहित बन्न सकेका छैनन् उनी। पुस ११ गते पहिलो पटक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको मन्त्रिपरिषद्मा उपप्रधान...
प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएकाले कांग्रेस प्रमुख विपक्षी दल हो वा होइन भनेर प्रश्न उठिरहेका बेला कांग्रेसले आफू नै प्रमुख विपक्षी दल भएको दाबीसहित सेवासुविधा माग गरेको हो।
२०७२ मा संविधान निर्माणपछि माओवादी परित्याग गरेका बाबुराम भट्टराई पछिल्लो ७ वर्षमा पाँच वटा राजनीतिक दलमा आबद्ध भइसकेका छन्। आफैंले जन्माएका दलले डुंगा पार नलगाएपछि अन्ततः पुरानै मूल घर फर्किने...
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सोनाम ल्होछार (तवार ल्हो) पर्वले समुदायको रिति, परम्परा र संस्कृतिको संरक्षण र सम्वद्र्धन गर्दै अघि बढ्न प्ररेणा प्रदान गर्ने बताएका छन्।
२०२७ सालमा झापाको अर्जुनधारामा जन्मेकी उनले २२ वर्षअघि दुईवटा कोठा भाडामा लिएर काठमाडौँमा कैदीबन्दीका असहाय छोराछोरीलाई आफ्नै संरक्षणमा लालनपालन गर्न थालेकी थिइन्।
प्रतिनिधिसभाको शनिबारको बैठकमा राष्ट्रिय स्वतन्त पार्टीकी सोबिता गौतमले राखेको इन्दिरा रानामगरलाई उपसभामुखमा निर्वाचित गरियोस् भन्ने प्रस्ताव बहुमतले पारित गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए।