काठमाडौं। रोयल इनफिल्डले क्लासिक ३५० मोडल नेपालमा सार्वजनिक गरेको छ। पुरानो आकर्षणलाई कायम गर्दै शैली र गुणमा आधुनिक सुधारसहित इनफिल्डले क्लासिक ३५० सार्वजनिक गरेको हो।
यसको सुरुवाती भेरियन्टको मूल्य ५ लाख ५५ हजार तोकिएको छ। सुरुवाती भेरियन्टमै कम्पनीले डुअल च्यानल एवीएम सहित प्रिमियम एलईडी हेडल्याम्प एलईडी पाइलटल्याम्प पनि उपलब्ध गराएको छ। यस्तै त्यसमा टाइप सी यूएसबी चार्जर हुनेछ भने गियर सूचक जनाउने गियर इन्डिकेटर पनि हुनेछ।
आधुनिक सुविधासहित अतुलनीय मूल्यमा रोयल इन्फिल्ड उपलब्ध हुने भएको हो। अबदेखि नेपालमा क्लासिक सर्वे भेरियन्टमा एवीएम उपलब्ध हुनेछ।
न्यू क्लासिक ३५० सातवटा आकर्षक रडमा उपलब्ध हुनेछ। पाँच भेरियन्टका वाइकरक हेरिटेज, हेरिटेज प्रिमिय, सिग्नल्स, क्लासिक डा र काफि कोममा उपलब्ध हुनेछन्। प्रत्येक मेरियन्टमा आधुनिक इन्जिनियरिङसरी कक डिजाइन रहेका छन।
दशकौंदेखि रोयल इनफिल्ड आकर्षक शिल्प, वलियो स्वरूप र शक्तिशाली प्रदर्शनको प्रतीकको रूपमा उभिएको छ। सन १९५० देखि चलिरहेको क्लासिकले विशुद्ध मोटरसाइकाइ अनुभवलाई प्रतिनिधित्व गर्दै आएको छ। इनफिल्डको स्वर्णयुगदेखि हालसम्म पनि यसले आफ्नो सान्दर्भिकतालाई पुष्टि गर्दै आएको छ।
क्लासिक ३५० सार्वजनिक गर्दै कम्पीनका प्रमुख वाणिज्य अधिकृत श्री यदविन्दर सिंह गुलेरियाले नेपाली बजार रोयल इन्फिल्डको लागि सधैं विशेष रहदै आएको बताए।
‘सिकेडी सञ्चालनको दुई वर्षमा नै बजारबाट रोयल इनफिल्ड मोटोरसाइकप्रति ग्राहकहरूले दर्शाएको मायावाट हामी निकै हर्षित र कृतज्ञ छौ। ग्राहकहरूसंग प्रगाढ सम्बन्ध र माया गांस्न पाउँदा हामी निकै गौरवान्वित छौं,’ उनले भने, ‘मध्यम रेन्जका मोटरसाइकलका १० मध्ये ८ पारखीहरूले रोयल इन्फिल्डलाई विश्वास गरिररहेका छन्। यसले हामीलाई हाम्रा उत्पादनमा सुधार र निखारता ल्याउनका निम्ति प्रेरित गरिरहेको छ।’
नयाँ क्लासिक ३५० को कलात्मक डिजाइन, समृद्ध इन्जिनियरडले यसलाई अझै सुन्दर बनाएको छ। हाम्रो नयाँ उत्पादनले नयाँ पुस्ताको विशुद्ध मोटरसाइक्लिङ अनुभवलाई थप रोमाञ्चित वनाउने विश्वास लिएको उनको भनाइ छ।
नेपालमा बढ्दो प्रिमियम मोटरसाइकलको मागलाई पूरा गर्न इनफिल्डको वृहत रणनीतिका निम्ति यो मुरुवात महत्वपूर्ण कोसेढुंङ्गा हो। नयाँ क्लासिक ३५० ले एवीएस मात्रै होइन विश्वव्यापी रूपमा प्रख्यात इनफिल्डको कलात्मक डिजाइनको अनुभव पनि ग्राहकलाई दिने छ।
आकर्षक स्वरूप भिन्टेज आकर्षण र सुधारिएको प्रविधिका कारण क्लासिक ३५० रोयल इन्फिल्डको सांस्कृतिक प्रतीकसंगै त्यसको डीनएको आधिकारिक स्वरूप वन्ने हाम्रो विश्वास छ। रोयल इन्फिल्डको आकर्षक डिजाइन, बलियो क्षमताको मात्रै नभएर पुस्तौंदेखि व्यक्तित्वको प्रतीक समेत बनिरहेको छ।
रोयल इनफिल्डको विगतदेखि मोटरसाइक्लिङको स्वर्णयुगसम्म आइपुग्दा क्लासिक केवल मोटरसाइकल मात्रै रहेन। यो एउटा सांस्कृक्तिक प्रतीक पनि बनेको छ। क्लासिङ ३५० ते इनफिल्ड स्वरूपको ऐतिहासिकता र आधुनिकतालाई कलात्मक र रचनात्मक रूपमा जोडेको छ।
यस मोडलले गेयल इनफिल्डको आधिकारिक डिनएको प्रतिनिधित्व गरेको छ। यो मोडलले रोयल इनफिल्ड वान्डको अन्य सिरिजका लागि आधार तयार गर्नुका साथै शिल्प, क्षमता र गौरवशाली विरामतलाई कायमै राख्न पनि प्रेरित गरेको छ। आधुनिक सुधार सहितको क्लासिक डिजाइनले क्लासिक मोटरसाइक्लिङ्लाई थप रोमाञ्चित बनाउने छ।
हेरिटिज सिरिज: हेरिटिज सिरिज मदास रेड र जोदपुर बनुमा उपलब्ध छ। पो डिजाइन रोयल इन्फिल्डको मास्कृतिक स्वरूपवाट प्रेरित छ। मेटालिक फ्लेक फिनिस र गोल्डेन पिनस्ट्रिपिड्ले यसलाई भिन्टेज ग्वरूप प्रदान गरेको छ।
हेरिटेज प्रिमियम: यो भेरियन्ट मेडालियन ब्रोन्जमा उपलब्ध छ। यसले क्लासिकको वास्तविक स्वरूपलाई थप समृद्ध वनाएको छ। सिग्नल सिरिज कमाण्डो स्यान्डमा रहेको सिग्नल सिरिजले रोयल इन्फिल्डको सशस्त्र वलसंगको ऐतिहासित सम्वन्धको सम्मान गर्छ।
यो अध्यावधि स्वरूपले झनै सौन्दर्य बढाएको छ। डार्क सिरिज खैरो र कालो मिश्रित रंगमा तामाको हल्का लेपनले यसलाई थप आकर्षक बनाएको छ।
क्लासिक क्रोम: निख्खर हरियो स्वरूपमा उपलब्ध यस मोडलले भिन्टेज शैली र प्रिमियम स्वरूपको प्रतिनिधित्व गर्दछ। रोयल इन्फिल्डले सन् २०२३ देखि नेपालमा एक्सक्लुसिभ उत्पादन केन्द्र सिकेडी राखेको छ।
त्रिवेणी समुहसंगको सहकार्यकमा मार्क क्षेत्रमा व्यापार अभिवृद्ध गर्ने उद्देश्य सहित नेपालप्रति कम्पनीको प्रतिबद्धताका लागि सिकेडी राखिएको हो।
वीरगंजमा रहेको सिकेंडिमा वार्षिक रूपमा २० हजार युनिट बाइक एसेम्बल हुन्छ। सिकेडी ब्राजिल, अर्जेन्टिना, थाइल्याण्ड, कोलम्बिया, वंलादेश मा छ भने भारतको तमिलनाडुमा स्टेट अफ आर्ट म्यानुफ्याक्चर फ्याक्ट्री रहेको छ।
रोयल इनफिल्डः रोयल इनफिल्ड सन् १९०१ देखि निरन्तर मोटरसाइक उत्पादन गर्दै आएको बाण्ड हो। बेलायतबाट उत्पादन सुरु गरेको यसले मद्रासमा १९५५ मा प्लान्ट निर्माण गर्यो।
रोयल इनफिल्डका थप प्रिमियम मोडलमा वियर ६५०, क्लासिक ६५०, गुरिल्ला ४५० मोडर्न रोडस्टर, हन्टर ३५०, मेटीवर ३५०, सुपर मेटोर ६५०, इन्टरसेप्टर ६५०, कन्टिनेन्टल ६५० ट्वीन्स छन्।
यस्तै, सटगन ६५०, द न्यु हिमालयन एडभेन्चर टुअर ४५०, स्क्राम ४४० एडीभी क्रसणभर, आइकोनिक बुलेट ३५०, क्लासिक ३५०, गोअन क्लासिक ३५० छन्। कम्पनीले हालसालै विद्युतीय सवारी ब्रान्ड फ्लाइड फ्ली पनि ल्याएको छ।