काठमाडौं। समग्रमा निजी क्षेत्रका लागि २०८१ त्यति सुखद रहेन। मुलुकमा व्याप्त आर्थिक मन्दीका कारण लगानीकर्ताहरू नयाँ लगानी गर्न चासाे देखाएनन्। भएका उद्योग व्यवसायमा लगानी विस्तार हुन सकेन। यसैबीच सञ्चालनमा रहेका उद्योगमा समेत उत्पादन खुम्चिएकाले कर्मचारीसमेत कटौती भए।
खासगरी उत्पादन मुलुक उद्योग वर्षभरि पूर्ण क्षमतामा चल्न सकेन। जसका कारण मुलुकले जति राजश्व पाउनुपर्ने हो, त्यो पनि गुम्यो। अझ नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगमा बक्यौता नतिरेको भन्दै पटक-पटक लाइन काटिदिए। जसले निजी क्षेत्रमा निराशा मात्र छाएन राज्यप्रति त्रास उत्पन्न भयो।
जसले नयाँ लगानीकर्ताले काम नै सुरु गर्न सकेनन् भने भएका उद्योगीहरू यहाँबाट कसरी उम्किने भन्ने धारणामा लागेको देखियो। यसले पूर्ण क्षमतामा उद्योग सञ्चालन हुन नसक्दा रोजगारीका नयाँ अवसरसमेत सिर्जना हुन सकेन।
यद्यपि, चौतर्फी निराशालाई छिचोल्दै आशा जगाउने उद्देश्यका साथ २०८१ मा दुई ठूला उद्योग सञ्चालन भए। नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुककै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याए।
नयाँ लगानीकर्ताहरू जोखिम मोलेर लगानी गर्ने आँट नगरिरहेको बेला कागज उद्योग र टायल उद्योगले २०८१ मा थोरैलाई भए पनि रोजगारीको अवसर दिएको छ।
यस्तै नेपालकै कान्छो र ठूलो टायल उद्योगका रुपमा बद्रियाको गुलरियामा लुम्बिनी सेरामिक्स उद्योग सञ्चालनमा आयो। विदेशी टायलको दबदबा हुँदै आएको अवस्थामा लुम्बिनी सेरामिक्सले लेमिनार भिट्रिफाइड टायल उत्पादन गरेर निरास भएको वर्षलाई केही हदसम्म आशा जगाएको छ।
यी दुई ठूला उद्योगमा करिब ६ अर्बभन्दा बढी लगानी भएको छ। यहाँबाछ ८ सयभन्दा बढीले प्रत्यक्ष रोजगारी पाएका छन्। यो रोजगारीको संख्या भनेको २०८१ मा सिर्जना भएको नयाँ अवसर हो। मुलुकभित्र रोजगारीको अवस्था नरहेको भन्दै अहिले दैनिक हजारौँ युवा विदेशिरहेका छन्। तर, रोजगारी सिर्जना गर्ने उद्योग सहज रुपमा सञ्चालनमा आउन सकेको छैन।
नयाँ लगानीकर्ताहरू जोखिम मोलेर लगानी गर्ने आँट नगरिरहेको बेला कागज उद्योग र टायल उद्योगले २०८१ मा थोरैलाई भए पनि रोजगारीको अवसर दिएको छ।
नेपाल पल्प एण्ड पेपर इन्डस्ट्रिज
आइएमई ग्रुपले पहिलो पटक उत्पादन मुलुक उद्योगमा हात हालेको छ। मुलुककै सबैभन्दा ठूलो कागज उद्योग महोत्तरीमा खोलेर औपचारिक रुपमा आइएमई ग्रुप उत्पादन मुलुक क्षेत्रमा प्रवेश गरेको हो।
गत वर्ष मात्र ८ अर्ब १४ करोड रुपैयाँको कागज आयात हुँदा उद्योगमा प्रत्यक्ष रूपमा ५०० जनालाई रोजगारी दिएको छ।
कूल २ अर्बभन्दा बढी लगानी भएको यो उद्योगले विदेशबाट कागज ल्याउनुपर्ने बाध्यतालाई हटाउनुको साथै स्वदेशमै रोजगारी सिर्जना गर्न ठूलो भूमिका निर्वाह गर्ने अध्यक्ष ढकालको भनाइ छ।
गत वर्ष मात्र ८ अर्ब १४ करोड रुपैयाँको कागज आयात हुँदा उद्योगमा प्रत्यक्ष रूपमा ५०० जनालाई रोजगारी दिएको छ। मुलुकभित्र एउटा उद्योग खुल्दा सयौँ जनाले रोजगारी पाउनुका साथै कच्चा पदार्थले समेत बजार पाउँछ।
हाल विद्यालय तथा कलेजमा प्रयोग हुने कापी, फोटोकपी पेपर, ट्वाइलेट पेपर, टिस्यु पेपर जस्ता उत्पादनका लागि नेपाल पूर्ण रूपमा आयातमा निर्भर छ।
लुम्बिनी सेरामिक्स
२०८१ मा सञ्चालनमा आएको अर्को उद्योग हो, लुम्बिनी सेरामिक्स। करिब ४ अर्ब रुपैयाँ लगानीमा सञ्चालनमा आएको उद्योगमा ३०० जनाभन्दा बढी कर्मचारी कार्यरत छन्।
विदेशी टायलको दबदबालाई चिर्दै स्वदेशमै गुणस्तरिय टायल उपलब्ध गराउने उद्देश्यका साथ उद्योग सञ्चालनमा ल्याएको लुम्बिनी सेरामिक्सका निर्देशक अभिनव चुरिवालको भनाइ छ।
व्यक्तिगत घर, एयरपोर्ट, कम्प्लेक्स र मल, अस्पताल, अपार्टमेन्ट सबैलाई आवश्यक टायल उत्पादन लेमिनारले प्रतिवर्ग फुट टाइल उत्पादन भइरहेको छ। उद्योगको उत्पादन क्षमता प्रतिवर्ष लगभग ४ करोड १५ लाख वर्ग फुट छ।
उद्योगले करिब ५०० वटाभन्दा बढी आकर्षक डिजाइनमा लेमानार उत्पादन गर्दै आएको छ।