काठमाडौं। सीजी हस्पिटालिटी अन्तर्गत नवलपरासीमा सञ्चालनमा रहेको मिराया वेलनेस एन्ड गल्फ रिसोर्टले नेपाली नयाँ वर्ष २०८२ लाई स्मरणीय बनाउने उद्देश्यले सांस्कृतिक कार्यक्रम तथा विशेष अफरसहितको छुट प्याकेज घोषणा गरेको छ।
चैत ३१ बेलुकी मिरायामा विशेष अफरसहितको नयाँ वर्ष साँस्कृतिक साँझु कार्यक्रम आयोजना हुने होटलले जनाएको छ।
मिरायाले विशेष साँझलाई अझ रोमाञ्चक बनाउन नयाँ वर्ष लक्षित प्याकेज पनि सार्वजनिक गरेको छ।
प्रतिव्यक्ति ९,९९९ दरमा ९कम्तीमा दुई जना०का लागि यो प्याकेज उपलब्ध हुनेछ, जसमा सांस्कृतिक कार्यक्रम, डिनरअघि स्न्याक्स, बफे डिनर, एक रातको लक्जरी बसोबास र भोलिपल्टको ब्रेकफास्ट समावेश गरिएको छ।
-1744187000.jpg)
४ देखि १२ वर्षका बालबालिकाका लागि यो प्याकेज ४,००० रूपैयाँमा उपलब्ध छ भने ४ वर्षमुनिका बालबालिकाले आमाबुबासँग कोठा साझा गरे निःशुल्क बस्न सक्ने सुविधा पनि दिइएको छ। डिनर मात्रको दर प्रतिव्यक्ति ६,५०० नेट तोकिएको छ, जुन सांस्कृतिक प्रस्तुति र बफे डिनरसहितको हो। ४–१२ वर्षका बालबालिकाका लागि डिनर मात्रको ३,००० निर्धारण गरिएको मिरायाले जनाएको छ।
यो अफर आइतबार राती एक दिनका लागि मात्र मान्य हुने र प्याकेजमा समावेश सेवामा आगन्तुकले ५० प्रतिशतसम्मको बचत गर्न सक्ने होटलले जनाएको छ।
मिराया वेलनेस एन्ड गल्फ रिसोर्ट आवासीय गन्तव्य मात्र नभई रूपान्तरणात्मक जीवनशैलीको अनुभव हो, जहाँ वेलनेस, आध्यात्मिक उन्नति, संस्कृति, खेलकुद र साहसिक क्रियाकलाप एकै साथ समेटिएका छन्। प्राकृतिक हरियाली र शान्त परिवेशबीच अवस्थित मिरायामा वेलनेस, योग र ध्यान, आयुर्वेदिक थेरापी, जंगल वाक, साइकलिङ, बर्ड वाचिङ, र आध्यात्मिक ध्यानमार्फत शरीर, मन र आत्माको सन्तुलन कायम गरिने अनुभव प्राप्त गर्न सकिन्छ।
-1744187019.jpg)
नेपालको प्रिमियर इको(वेलनेस र गल्फ रिट्रिट गन्तव्यको रूपमा परिचित मिराया सीजी शाश्वतधामको शान्त र सुन्दर परिवेशमा अवस्थित छ। अतिथिलाई डिनरअघि स्वादिला स्न्याक्स र आकर्षक सांस्कृतिक प्रस्तुतिमार्फत स्वागत गरिनेछ भने साँझको मुख्य आकर्षणको रूपमा थारू परिकार र बीबीक्यूसहितको बफे डिनरव्यवस्था गरिएको छ। स्वाद, संगीत र संस्कृतिको समिश्रणले नयाँ वर्षको सुरुआतलाई थप रमणीय बनाउनेछ।