कांग्रेस बागमती प्रदेशको कार्यसम्पादन समितिको बैठकले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेललाई विश्वासको मत दिन प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको छ।
आज हुने मन्त्रिपरिषद् विस्तारमा नेकपा एमालेले चार मन्त्री र दुई राज्यमन्त्री पठाउने भएको छ। यसअघि एमालेबाट सरकारको नेतृत्व गर्दै विष्णु पौडेलले उपप्रधान तथा अर्थमन्त्रीको रूपमा शपथ लिइसकेका छन्।
प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच निरन्तर भेटवार्तापछि सोमबार साँझ बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले भागवण्डा टुंगो लगाएको हो।
सोमबार राति बसेको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठकले गरेको मन्त्रालय भागवण्डाको निर्णयप्रति असहमति जनाउँदै निर्णय पुनर्विचार नगरिए सरकारमा नजाने जसपाले स्पष्ट पारेको छ।
पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधानसहित ऊर्जामन्त्रीका रूपमा सरकारमा जाने तय भएको छ। उपाध्यक्ष ध्रुवबहादुर प्रधान सहरी विकास मन्त्री बन्ने निश्चित भएको छ।