आइतबारको पत्रकार सम्मेलनमा लामिछानेले नेपाली सञ्चारक्षेत्रप्रति आधारहीन र पूर्वाग्रही आरोप लगाएको भन्दै महासंघले धम्किपूर्ण अभिव्यक्ति दिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको गम्भीर प्रहार भएको बताएको छ।
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्याल, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री शिशिर खनाल र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. तोसिमा कार्कीले प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर राजीनामा दिएका हुन्।
आइतबार सरकारमा रहने वा बस्ने विषयमा भएको छलफलमा पार्टीले सरकारबाट बाहिरिने निर्णय गरेको छ। सरकारबाट बाहिरिने निर्णय सुनाउँदै पत्रकार सम्मेलन गरेका रविले भने सबै झोंक मिडियामाथि पोखेका छन्।
सरकारबाट बाहिरिएको पार्टी निर्णयबारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा उनले पत्रपत्रिकाले निरन्तर आफूमाथि प्रहार गरेको आरोप लगाए। झुटा शीर्षक राखेर आफूमाथि नियोजित प्रहार भएको उनले बताए।
सर्वोच्चले माघ १३ गते लामिछानेको नागरिकता कायम नरहेको ठहर गरेको थियो। त्यो फैसलासँगै उनले सांसद, उपप्रधानमन्त्री तथा गृहमन्त्री र पार्टी सभापतिको पद गुमाएका थिए।
ओलीले आजको प्रतिनिधिसभा बैठकमा सभामुखसँग विशेष समय लिएर लामो भाषण गरेका थिए। त्यसक्रममा उनले कांग्रेस सरकारले गरेका कामको आलोचना गर्दै अहिलेको प्रचण्ड नेतृत्वको सरकारको प्रशंसा गरेका थिए।