एकै गठबन्धनभित्र उनिएर पनि नयाँ राष्ट्रपतिमा प्रचण्डले कांग्रेसप्रति नरम भाव देखाउनु र ओलीले सहमतिअनुसार एमालेले नै पाउनुपर्ने दाबी गरेपछि राजनीतिक समीकरण धुमिल हुने संकेत देखिन थालेको छ।
भ्रष्टाचार नियन्त्रण, सदाचार प्रत्याभूति एवं भ्रष्टाचार र अख्तियारसँग जोडिएका विषयको छानबिन अनि अनुसन्धान गरी कुनै पनि कालखण्डमा भएका भ्रष्टाचार र जोकोही भ्रष्टाचारीमाथि कानुनी कारबाही अगाडि बढाइने प्रधानमन्त्री प्रचण्डको दाबी।
राष्ट्रपतिको उम्मेदवारमा कांग्रेसलाई माओवादी केन्द्रले सहयोग गर्ने विश्वास दिलाएकाले नै प्रचण्डलाई प्रधानमन्त्रीको रुपमा विश्वासको मत दिइएको नेता सिंहको दाबी।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको केन्द्रीय कार्यालय बुद्धनगरमा बसेको बैठकपछि नेताहरुले विज्ञप्ति जारी गर्दै पार्टी एकता, कार्यगत एकता र संयुक्त मोर्चाका लागि आगामी फागुन १५ गते चार पार्टीको बैठक बस्ने...
विश्वासको मत पाउन नसकेर पदमुक्त भएका सुदूरपश्चिम प्रदेश सरकारका पूर्वमुख्यमन्त्री राजेन्द्रसिंह रावलले २०७२ सालमा भएको टिकापुर घटनाका मुख्य अभियुक्त रेशम चौधरीलाई छुटाउन नसक्दा आफू नेतृत्वको सरकार ढलेको बताए।
आजको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम, राष्ट्रपति पदको निर्वाचनलगायत विषयमा छलफल हुने बताइएको थियो। यस्तो महत्त्वपूर्ण विषयमा छलफल हुँदा पनि गठबन्धन आवद्ध नेताहरू बैठकमै सहभागी नहुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारिरहँदा गठबन्धनमै आबद्ध नागरीक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ भने डिल्लीबजार कारागार पुगेकी छन्।
सत्ता गठबन्धनको उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ। गठबन्धनमा सात दल रहे पनि बैठकमा चार दलका नेता मात्र सहभागी छन् ।