काठमाडाैं। काठमाडौ उपत्यकासहित देशका विभिन्न स्थानमा लामो समयपछि हल्कादेखि मध्यम वर्षा भएको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको प्रभावले वर्षा भएकाे हाे। महाशाखाका मौसमविद् सञ्जिव अधिकारीले पछिल्लो एक घन्टामा बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भएको जानकारी दिए।

अहिले काठमाडौंमा कीर्तिपुर, सिनामंगल, रत्नपार्क, माइतीघरलगायत क्षेत्रमा हल्का वर्षा भइरहेको छ। भक्तपुरमा ८ दशमलव ४ र कीर्तिपुरमा ७ मिलिमिटर वर्षा मापन गरिएको मौसमविद् अधिकारीले बताए। काठमाडौं उपत्यकाका केही स्थानमा अहिले पनि हल्का वर्षा भइरहेको छ।
सबैभन्दा बढी धादिङको धुनिबेँसीमा १२ मिलिमिटर वर्षा भएको छ । सुदूरपश्चिम र गण्डकी प्रदेशका एक/दुई स्थानमा हल्का वर्षा भएको छ। अबको एक/दुई घन्टामा मौसम सुधार आउने र आज रातिको समयमा पनि वर्षा नहुने महाशाखाले जनाएको छ।
1677414838.jpg)
यस्तै ढिलै भएपनि सुरु भएकाे हिउँदे मनसुनका कारण उच्च पहाडि तथा हिमाली भेगमा हिमपात पनि भएको छ। हिउँदे झरीले तोरी, फापर, गहुँ, ऊवा लगायतका खेती उब्जाउन सघाउँछ। हिउँदे वर्षाले सिंचेको जमिनबाट बिरुवालाई बसन्त ऋतुमा पालुवा पलाउन, राम्ररी हुर्कन र फूल फुल्न चाहिने पोषण प्राप्त हुन्छ। पर्याप्त हिउँदे वर्षा भएका समयमा बिरुवाहरू बढी उम्रन्छन् र तिनीहरू हुर्कने सम्भावना राम्रो हुन्छ।
1677414834.jpg)
1677414835.jpg)
1677414836.jpg)
1677414836.jpg)
1677414832.jpg)
1677414831.jpg)
1677414834.jpg)
1677414833.jpg)
1677414831.jpg)
1677414837.jpg)