काठमाडौं। वाणिज्य बैंकहरुले जेठका लागि नयाँ ब्याजदर सार्वजनिक गरेका छन्। विवरणअनुसार जेठका लागि २० मध्ये ११ वटा वाणिज्य बैंकले ब्याजदर घटाएका छन् भने सात वटाले पूर्ववत् कायम गरेका छन्।
बैंकहरुले प्रकाशित गरेको ब्याजदरसम्बन्धी सूचनाअनुसार संस्थागत मुद्दती निक्षेपमा १० वटा तथा साधारण बचत खातामा ८ वटा बैंकले ब्याजदर घटाएका छन्।
विवरणअनुसार बैंकहरुले साधारण बचत खाताका लागि न्यूनतम ब्याजदर ३ प्रतिशतदेखि ३.६५ प्रतिशतसम्म तोकेका छन्। अघिल्लो महिना यस्तो न्यूनतम ब्याजदर ३ प्रतिशतदेखि ३.७५ प्रतिशतसम्म थियो।
बैंकहरुले एकवर्षे व्यक्तिगत मुद्दती निक्षेपमा ५ देखि ७.५० प्रतिशतसम्म ब्याजदर निर्धारण गरेका छन् । अघिल्लो वर्ष यस्तो ब्याजदर ५ देखि ७.७५ प्रतिशतसम्म थियो।
एकवर्षे संस्थागत मुद्दती निक्षेपमा बैंकहरुको ब्याजदर ४ देखि ६.३६ प्रतिशतसम्म रहेको छ । अघिल्लो महिना ४ देखि ६.७० प्रतिशतसम्म थियो।
नयाँ ब्याजदरअनुसार बचत खातामा सबैभन्दा धेरै नेपाल बैंक र एनआईसी एसिया बैंकले ३.६५ प्रतिशत बढाएका छन्। व्यक्तिगत मुद्दती खातामा एनआईसी एसियाको ७.७ प्रतिशत र संस्थागत मुद्दती निक्षेपमा ६.३६ प्रतिशत ब्याजदर तोकिएको छ।
बचत खातामा सबैभन्दा कम ब्याजदर प्रभु बैंक, कृषि विकास बैंक र एभरेष्ट बैंकले ३ प्रतिशत तोकेका छन्। त्यस्तै व्यक्तिगत मुद्दती निक्षेपमा सबैभन्दा कम ब्याजदर स्ट्यान्डर्ड चार्टर्ड, हिमालयन र एनएमबी बैंकको ५ प्रतिशत छ।
जेठका लागि २० वाणिज्य बैंकमध्ये अन्यले यसपटक ब्याजदरमा कुनै पनि परिवर्तन गरेका छैनन्। यसरी अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिनेमा कृषि विकास, नेपाल इन्भेष्टमेन्ट मेगा, ग्लोबल आईएमई, स्ट्यान्डर्ड चार्टर्ड, लक्ष्मी सनराइज, माछापुच्छ्रे र प्रभु बैंक रहेका छन्। बाँकी बैंकले ब्याजदरमा परिवर्तन गरेका छन्।
ब्याजदर परिवर्तन गर्ने बैंकमध्ये आठ वटाले साधारण बचत खाताको ब्याजदर घटाएका छन्। यी बैंकमा नबिल बैंक, प्राइम कमर्शियल बैंक, राष्ट्रिय वाणिज्य बैंक, एभरेष्ट बैंक, सानिमा बैंक, सिद्धार्थ बैंक, कुमारी बैंक, नेपाल एसबीआई रहेका छन्।
व्यक्तिगत मुद्दती खाताको ब्याजदर घटाउनेमध्ये राष्ट्रिय वाणिज्य बैंकबाहेक अरु सबै बैंकले संस्थागत मुद्दती निक्षेपमा समेत ब्याजदर घटाएका छन्। राष्ट्रिय वाणिज्य बैंकले ब्याजदर स्थिर राखेको छ।
-1747199697.jpg)