काठमाडौं। एमडब्लू वृद्धिले अन्तर्राष्ट्रिय स्तरको टुनाल्ड जी७ नेपाली बजारमा भित्र्याउने भएको छ। यो एक शक्तिशाली गाडी हो, जुन नेपाली सडकमा सफलतापूर्वक सञ्चालन गर्न र नेपाली चालकको आवश्यकता पूरा गर्न परीक्षण, अनुसन्धान एवं विकास गरिएको कम्पनीले जनाएको छ।
यो गाडीले देशभर एक वर्षको क्षेत्रीय परीक्षण पार गरिसकेको कम्पनीको भनाइ छ।
टुनाल्ड जी७ उन्नत सुविधासहित शक्तिशाली र फराकिलो छ। यसमा ३९० एनएम टर्कको साथ १६० एचपी इन्जिन छ, जसले सबै ड्राइभिङ सतमा आवश्यक पर्ने प्रमुख प्रदर्शन विशेषता उपलब्ध गराउनेछ।
२२५ मिमि ग्राउन्ड क्लियरेन्ससँग जोडिएको, खस्रो, जटिल र असमान ड्राइभिङ सतहमा पनि यो गाडी सहजै गुड्न सक्छ। यसमा आधुनिक इन्जिन पुस–स्टार्ट बटन छ, जसले नयाँ चालकका लागि गाडीलाई अझ प्रभावकारी बनाउने दाबी कम्पनीको छ।
आवश्यक परेका बेला सहयोग गर्न चालकलाई हिल होल्ड कन्ट्रोल र हिल डिसेन्ट कन्ट्रोल प्रयोगमार्फत सुरक्षा दिन सक्ने दाबी कम्पनीको छ।
गाडीमा रहेको १२.३ इन्चको इन्फिनिटी स्क्रिनले भित्री भागलाई उन्नत प्रविधि र परिस्कृत बनाएको छ भने प्यानोरामिक सनरुफले नेपालका सुन्दर दृश्यमा ड्राइभिङ अनुभव बढाउन सहयोग पुग्नेछ।
कम्पनीका अनुसार गाडीमा आरामका लागि तातो र भेन्टिलेटेड सिट छन्, जसमा विद्युतीय १२–तर्फी समायोजन रहेका छन्।
यो गाडी पिकअप खण्डमा नेपाली ग्राहकका लागि नयाँ बेन्चमार्क बन्ने अपेक्षा कम्पनीको छ।