काठमाडौं। नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति प्रक्रियामा दिनानुदिन किचलो थपिँदै गएको छ। चैत २२ गतेदेखि खाली रहेको मुलुकको केन्द्रीय बैंकको १८औँ गभर्नर पद दुई सातादेखि नियुक्ति प्रक्रिया नै अघि बढ्न सकेको छैन।
सरकारले फागुन २२ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा गठन भएको गभर्नर छनौट सिफारिस समितिको एक जना सदस्य विजयनाथ भट्टराईले एक महिनासम्म समितिको बैठक नबसेको भन्दै राजीनामा दिइसकेका छन्। यो विषयले गभर्नर नियुक्ति अझै विवादित बनेको छ।
सत्ता साझेदारीको सरकारले कार्यकारी निर्देशक डा. गुणकर भट्टलाई गभर्नर बनाउने सहमति गत साता भइसकेको हो। तर, कायम मुकाय गभर्नर डा. निलम तिमल्सिना ढुंगाना खुलायम रुपमा प्रतिस्पर्धीलाई आफ्नो तर्फबाट मार्ग प्रशस्त नगर्ने अभिव्यक्ति दिन थालेकी छन्।
कांग्रेस सभापति शेरबहादुर देउवाकै सुझावमा कार्यकारी निर्देशक भट्टले गत शुक्रबार एक महिनाको तलबसहित राजीनामा बुझाएका छन्। आर्थिक अनुसन्धान विभागका प्रमुख रहेको कार्यकारी निर्देशक भट्टले ‘नेपाल राष्ट्र बैंक कर्मचारी सेवा विनियमावली’को प्रक्रिया पूरा गरेर राजीनामा बुझाएका हुन्।
‘कुनै कर्मचारीले सेवाबाट स्वेच्छिक अवकाश लिन चाहेमा वा राजीनामा दिई सेवाबाट अलग हुन चाहेमा निजले ३० दिनको पूर्वसूचना लिखित रूपमा बैंकलाई दिनुपर्ने छ वा उक्त अवधिको तलब भत्ता बैंकलाई बुझाउनुपर्ने विनियमावलीको स्वेच्छिक अवकाश र राजीनामाको शर्तमा उल्लेख गरेको छ।
राष्ट्र बैंकको कर्मचारी बाहलवाला रहने वा नरहे भनेर वा विशिष्ठ श्रेणीको कर्मचारी जो पनि गभर्नर बन्न पाउने नपाउने भन्ने राष्ट्र बैंक ऐनले परिकल्पना गरेको छ। त्यहीअनुसार स्वक्षिक अवकाशको शर्त विनियमालीले तोकेको छ।
भट्टले ३० दिनअगावै पूर्वसूचना नदिएकाले एक महिनाको तलब बुझाएर कामु गभर्नरलाई राजीनामा दिएका हुन्। तर, कामु गभर्नर ढुंगानाले भट्टको राजीनामा एक साता बित्न लाग्दा पनि स्वीकृत गरेकी छैनन्।
यही विषयलाई लिएर मंगलबार नेपाल वित्तीय संस्था कर्मचारी संघ-नेपाल राष्ट्र बैंक केन्द्रीय समितिबाट अध्यक्ष हरिकृष्ण भट्टराई, वरिष्ठ उपाध्यक्ष तिलक बहादुर थिङ्ग, उपाध्यक्ष प्रथम प्रविन सुवेदी र महासचिव सन्जिव बख्रेल कामु गभर्नर ढुंगानालाई भेट्न गभर्नर कार्यालय पुगेका थिए।
भट्टको राजीनामा स्वीकृत गर्न आलटाल गरिरहेकी ढुंगानालाई उनको जिम्मेवारीबारे युनियनले प्रश्न गर्दा राजीनामा स्वीकृत गरेर आफ्नो प्रतिस्पर्धीलाई मार्ग प्रशस्त नगर्ने आशयमा उनले जवाफ दिएकी थिइन्।
राष्ट्र बैंकको कर्मचारी बाहलवाला रहने वा नरहे भनेर वा विशिष्ठ श्रेणीको कर्मचारी जो पनि गभर्नर बन्न पाउने नपाउने भन्ने राष्ट्र बैंक ऐनले परिकल्पना गरेको छ। त्यहीअनुसार स्वेक्षिक अवकाशको शर्त विनियमालीले तोकेको छ।
कर्मचारीको विषयमा चासो राख्दै गभर्नर कार्यालय पुगेकालाई आफूले कुनै पनि हालतमा भट्टको राजीनामा स्वीकृत नगर्ने आशय व्यक्ति गरेको युनियनका अध्यक्ष हरिकृष्ण भट्टराइ बताउँछन्।
‘कर्मचारीले जागिर खाने वा छोड्ने भन्ने उसको अधिकारको विषय हो, उहाँ (गुणाकर भट्ट)ले जागिर खान्न छोड्छु भनेर व्यक्तिगत वा प्राविधिक कारण देखाएर राजीनामा दिनु भएको हो। त्यस विषयमा हामीले (कर्मचारी युनियन)ले चासो व्यक्त गरेका हौँ। उहाँको कुरा (निलम तिमल्सिना ढुंगाना) पहिलो कुरा म कामु गभर्नर छु, दोस्रो कुरा भोलि गएर सबै कार्यकारी निर्देशकले गभर्नर बन्ने भन्दै राजीनामा दिन थाले भने मैले के गर्ने भन्ने कुरा गर्नु भयो। त्यही कारणले उहाँको राजीनामा स्वीकृत गर्ने विषयमा मैले खास्सै सोच्या छैन भन्ने प्रकारको उहाँको प्रतिक्रिया आयो,’ उनले भने।
ढुंगानाले गत साता मात्रै राष्ट्र बैंकको संस्थागत संरचना परिवर्तन गरेर एक जना डेपुटी गभर्नर खाली राख्दै आफ्नो नाम कामु गभर्नरमा राखेकी छन्। उनले आफ्नो (कामु गभर्नर)को अधिकार प्रयोग गर्दै संस्थागत संरचना परिवर्तन गर्नेदेखि नीतिगत परिवर्तनका निर्णयसमेत लिइसकेकी छन्। कामु गभर्नरको जिम्मेवारी पाएलगतै उनले निर्माण व्यवसायीलाई कर्जा तिर्ने समय आगामी असारसम्म बनाएकी हुन्।
ढुंगानाले गत साता मात्रै राष्ट्र बैंकको संस्थागत संरचना परिवर्तन गरेर एक जना डेपुटी गभर्नर खाली राख्दै आफ्नो नाम कामु गभर्नरमा राखेकी छन्।
राष्ट्र बैंकमा काम गभर्नर र गभर्नरको अधिकार एउटै हो भन्दै संरचना परिवर्तन, बोर्ड बैठक नबोलाई महत्त्वपूर्ण निर्णय व्यवस्थापन समिति बैठकबाट गराइरहेकी ढुंगाना कर्मचारीको राजीनामा स्वीकृत गर्ने जिम्मेवारीबाट भने पन्छिनुको कारण भने आफ्नो प्रतिस्पर्धीलाई बाटो छेक्न खोजेको प्रष्ट हुन्छ।
‘भोलिको दिनमा सबै विभागीय प्रमुख गभर्नर बन्ने भनेर राजीनामा दिँदै आए भने मैले के गर्ने, त्यही भएर उहाँको राजीनामा यही राखेको छु भनेर इशारा गर्नु भयो, तर कहाँ थियो हामीलाई देखाउनु भएन।’ उनले आफ्नो टेबलमै भट्टको राजीनामा निवेदन रहेको भन्दै उक्त राजीनामा स्वीकृतिको प्रक्रियामा रहेको बताए।
कामु गभर्नर ढुंगानालाई भेटन पुगेका युनियनका अर्का पदाधिकारी भन्छन्, ‘उहाँले डेपुटी गभर्नरको हिसाबले स्वाभिक रुपमै आफू पनि रेसमा छु, दाबेदार पनि हो, सरकारले चाहेको अवस्थामा म अघि बढ्न तयार छु भन्ने अवस्था मेरो पनि हो भन्ने उहाँको भनाइ थियो। सबैले आ-आफ्नो भाग्य र मन्त्रिपरिषदको निर्णयअनुसारको बन्ने हो। तर, आफ्नो प्रतिस्पर्धी हो भन्दैमा कसैलाई रोक्नु हुँदैन। उहाँले आफू रेसमा भएको कारणले आफ्नो प्रतिस्पर्धीलाई रोकेको जस्तो देखिन्छ।’
'कामु गभर्नर ढुंगानाले यो विषय मेरोभन्दा अदालतसम्म पुगेको विषय हो त्यहाँबाट केही निर्णय आउँदा यहाँबाट ऐनले राजीनामा आवश्यक हो/होइन भनेर स्पष्ट नभनेको कारणले यो विषयमा केही बोलिनँ' भन्ने जवाफ युनियनका पदाधिकारीलाई दिएकी थिइन।
ढुंगाना कामु भएकाले उनको कार्यकाल अनिश्चित हुँदा दीर्घकालिन रुपमा थप पारदर्शी भएर अघि बढ्नुपर्ने कुरा उनीहरुले सारेका थिए।
राष्ट्र बैंकको ७०औं वार्षिक उत्सव आउनै लागेको छ। हरेक वर्षको वैशाख १४ गते वार्षिक उत्सव भव्य तवरले सम्पन्न गर्ने कर्मचारीको चाहना हुन्छ। उक्त चाहना पूरा गर्ने योजना कामु गभर्नरको के-के छ भन्ने विषयमा समेत युनियन र कामु गभर्नरबीच छलफल भएको थियो। साथै, संस्थाभित्रको दैनिक काम कारवाहीको विषय, कर्मचारीको सेवा सुविधा, वैदेशिक तालिममा पारदर्शीता, सिष्टममा हुनुपर्ने सरुवा नीति तालिम नीतिलगायतका पारदर्शीताबारे समेत कर्मचारीले कामु गभर्नरलाई प्रश्न गरेका थिए।
ढुंगाना कामु भएकाले उनको कार्यकाल अनिश्चित हुँदा दीर्घकालिन रुपमा थप पारदर्शी भएर अघि बढ्नुपर्ने कुरा उनीहरुले सारेका थिए। राष्ट्र बैंकको संस्थागत दीर्घकालिन नीतिमा समेत निश्चित कार्यकाल भएको गभर्नरको आवश्यकता भएको हुँदा सरकारलाई नयाँ गभर्नर छनौटमा मार्गप्रशस्त गर्न युनियनले कामु गभर्नर ढुंगानालाई सुझाएका थिए।
राष्ट्र बैंकको ऐनले एक महिनाअगावै सिफारिस समिति गठन गरी राष्ट्र बैंकको गभर्नर पद एक दिन पनि खाली नरहने गरी नियुक्ति हुनुपर्ने हो। अर्कोतर्फ भट्टको राजीनामापश्चात आर्थिक अनुसन्धान विभाग गत शुक्रबारदेखि विभागीय प्रमुखविहीन छ। उक्त विभागले अहिले प्रि-बजेट सर्वेक्षण र मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको मस्यौदा तयार गर्नुपर्ने छ।
यही विषयलाई समेत चासो राख्दै कर्मचारी युनियनले कामु गभर्नरलाई कार्यकारी निर्देशकको राजीनामा स्वीकृत गरेर खाली रहेको पदमा बरिताक्रममा बढुवा हुनु पर्ने निर्देशकलाई बढुवा गरेर विभागमा पढाउन सुझाएका थिए।
विभागीय प्रमुख नहुँदा यस्ता महत्वपूर्ण काम रोकिएको छ। कामु गभर्नर ढुंगानाले विभागको कामु विभागीय प्रमुखको जिम्मेवारी आइतबारदेखि निर्देशक बुद्धाराज शर्मालाई दिएकी छन्। तर, प्रि-बजेट सर्वेक्षण र मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षाको मस्यौदाका विषयमा हालसम्म विभागीय तहमा कुनै पनि काम भएको छैन।
यही विषयलाई समेत चासो राख्दै कर्मचारी युनियनले कामु गभर्नरलाई कार्यकारी निर्देशकको राजीनामा स्वीकृत गरेर खाली रहेको पदमा बरिताक्रममा बढुवा हुनु पर्ने निर्देशकलाई बढुवा गरेर विभागमा पढाउन सुझाएका थिए।
‘भट्ट सर कर्मचारी भएकै हिसाबले पनि युनियनलाई पत्रपत्रिकाबाट र कर्मचारीहरुबाटै पनि प्रश्न आउँछ हामीले के जावाफ दिने भन्दा उहाँले राजीनामा प्रक्रियामा राखेको भन्ने जानकारी दिनु भयो।’ युनियन महासचिव सन्जिव बख्रेलले भने, ‘विभागका सबै प्रमुखहरूले गभर्नर बनाउन माथिबाट आयो हामीले पनि राजीनामा दिनु पर्छ भन्दै आए भने मैले कसरी थेग्ने कसरी विभागहरु सञ्चालन गर्ने भनेर प्रतिप्रश्न गर्नु भयो।’
भट्टले विनियमावलीको व्यवस्थाअनुसार राजीनामा दिएको हुँदा प्रक्रिया पूरा गरी दिएका राजीनामा कामु गभर्नरले स्वीकृत नगरेपछि कर्मचारी युनियन गभर्नर कार्यलयमा पुगेका थिए।