काठमाडौं। नेपाली बजारमा ठूला बजेटका मोटरसाइकलप्रति युवा आकर्षण बढ्दो देखिन थालेको छ। पछिल्ला केही वर्षयता महँगा, पावरफुल र स्टाइलिस बाइकमा युवा आकर्षण बढेकाे हो।
बजारमा उपलब्ध गाडी नै खरिद गर्न सकिने आकर्षक र स्टाइलिस माे्रटरसाइकल चढ्नेको संख्या बढेसँगै बिक्रेताले महँगाे मूल्य पर्ने बाइक आयातसमेत बढाउन थालेका छन्।
पछिल्लो समय युवा जमातमा सबैभन्दा लोकप्रिय रोयल इनफिल्ड, ट्रायम्फ र केटीएम डुक पर्न थालेका छन्। यी मोटरसाइकलको मूल्य न्यूनतम ५ देखि १५ लाख रुपैयाँसम्म पर्छ। यस्ता बाइक विशेषगरी युवा पुस्ताबीच लोकप्रिय छन्, जसले पावर, डिजाइन र ब्रान्ड मूल्यमा विशेष ध्यान दिने गरेका छन्।
विस्तारै मानिसको क्रयशक्ति वृद्धि हुँदै गएकाले प्रिमियम बाइकमा ग्राहकको आकर्षण बढ्दै गएको ट्रायम्फ बाइकका म्यानेजर सागर थापा बताउँछन्। ‘विस्तारै मानिसको क्रयशक्ति राम्रो हुँदै गएको छ। ग्राहकले लामो यात्रा र एडभेञ्चर ठाउँमा यात्रा गर्न प्रिमियम बाइक राम्रो हुन्छ भन्ने बुझ्दै गएका छन्,’ म्यानेजर थापा भन्छन्, ‘बाइकमा लोकल टुरिजम बढी रहेको छ।
हुँदै आएको छ। ग्राहकलाई पावर फुल बाइक मन पर्न थालेको छ। त्यसैले उनीहरुले प्रिमियम फिचर खोजेका छन्।
करिब १० महिनाअघि नेपाली बजारमा नयाँ ब्राण्डको रुपमा भित्रिएको ट्रायम्फ बाइक हालसम्म १२-१३ सय युनिट बढी नेपालमा बिक्री भएको म्यानेजर थापाको भनाइ छ।
-1745152250.jpg)
नेपाली बजारमा प्रिमियम सेग्मेन्टमा उपलब्ध दुई पांग्रे ब्राण्ड ट्रायम्फले अप्रिल १ देखि ६ सम्म एक्सचेञ्ज क्याम्प सञ्चालन गरेको थियो। ६ दिनसम्म चलेको एक्सचेञ्ज क्याम्पमा करिब १०० युनिट ट्रायम्फ बाइक बिक्री भएको कम्पनीले जनाएको छ।
उक्त एक्सचेञ्ज क्याम्पमा ट्रायम्फका सबै बाइक बिक्री भएकाले ग्राहकले केही समय कुर्नुपर्ने म्यानेजर थापाले बताए। कम्पनीले एक्सचेञ्ज क्याम्पमा स्पट एक्सचेञ्ज अफर, सहज फाइनान्सिङ र उत्कृष्ट भ्यालुएसन सुविधा उपलब्ध गराएको थियो। साथै, कम्पनीले हरेक मोटरसाइकल खरिद गर्दा २० हजार बराबरको एरो हेलमेट निःशुल्क उपलब्ध गराएको थियो।
पछिल्लो समय ग्राहकहरू गुणस्तरीय र दमदार बाइक रोज्न थालेका कारण प्रिमियम बाइकमा ग्राहकको आकर्षण बढ्दै गएको रोयल इन्फिल्डका ब्राण्ड तथा बजार प्रबन्धक विश्रान्त कोइराला बताउँछन्। ‘अहिले ग्राहकहरूले गुणस्तरीय र दमदार बाइक रोज्न थालेका कारण प्रिमियम बाइकमा ग्राहकको आकर्षण बढ्दै गएको हो। हाल प्रिमियम बाइकहरू युवा वर्गको पहिलो रोजाइ बन्न थालेका छन्,’ बजार प्रबन्धक कोइरालाले भने।
नेपालमा सर्वाधिक धेरै आयात हुने मोटरसाइकलमा १०० सीसीदेखि २५० सीसीसम्मका थिए। बाइक भन्ने वित्तिकै धेरैको रोजाइमा बजाज, हिरो, टिभीएस, होण्डाका २५० सीसी तलका बाइकको आयात तथा खरिद हुने गर्दथ्यो।

अधिकांश बाइक प्रयोगकर्ताले ४ लाख मूल्य तलका बाइक खरिद गरेको पाइन्थ्यो। तर, अहिले भने यो ट्रेन्ड विस्तारै परिवर्तन हुँदै गएको छ। अहिले नेपाली बजारमा २५० सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकल बिक्री गर्दै आएका छन्। विशेषत रोयल इनफिल्ड, ट्रायम्फ, सीएफमोटो, होण्डा जस्ता ब्राण्डले यस सेग्मेन्टमा उत्कृष्ट मोडल बिक्री गर्दै आएका छन्।
हाल युवा पुस्ताको रोजाईमा पर्दै आएको रोयल इन्फिल्डको सुरुवाती मूल्य ५ लाख ७९ हजार ९०० रुपैयाँ छ। त्यस्तै, रोयल इन्फिल्डको प्रतिस्पर्धीको रुपमा रहेको ट्रायम्फ बाइको सुरुवाती मूल्य ६ लाख ४० हजार रुपैयाँ छ।
अहिले नेपाली बजारमा २५० सीसीदेखि ५०० सीसीसम्मका मोटरसाइकलमा धेरै आकर्षण देखिन्छ। रोयल इनफिल्ड, ट्रायम्फ, सीएफमोटो, होण्डा जस्ता ब्राण्डले यस सेग्मेन्टमा उत्कृष्ट मोडल बिक्री गर्दै आएका छन्।
-1745152250.jpg)
आर्थिक वर्ष २०७८/७९ देखि दुई पांग्रे सवारी साधनको समग्र आयात घट्दै आएको थियो। आव ०७८/७९ मा २ लाख ७८ हजार ४८१ युनिट दुई पांग्रे सवारी साधन आयत भएकोमा २५१ सीसीमाथि ७ हजार १५३ युनिट आयात भएको थियो।
यस्तै आर्थिक वर्ष २०७९/२०८० मा १ लाख ४ हजार १८० युनिट बाइक आयात भएकोमा २५१ सीसीभन्दा माथिका मोटरसाइकल २ हजार १४१ युनिट आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ।
भन्सार विभागको तथ्यांक हेर्ने हो भने २०८० देखि २५१ सीसीमाथिका सेग्मेन्टका बाइक प्रवेशले तीव्रता पाएको देखिन्छ। आर्थिक वर्ष २०८०/८१ मा १ लाख ३४ हजार ५३४ युनिट बाइक आयात भएकोमा ११ हजार ९९ युनिट २५१ सीसी माथिको आयात भएको देखिन्छ। आव २०८१/८२ को हालसम्म १ लाख ४१ हजार ८२३ युनिट आयात भएकोमा २५१ सीसीमाथि १० हजार १९७ युनिट बाइक आयात भएको छ।
५ वर्षको भन्सार विभागको तथ्यांक

वर्षैपिच्छे घटिरहेको दुई पांग्रे सवारी साधन आयात विगतको तुलनामा अहिले भने बढ्दै गएको छ। सरकारले पनि कर र वार्षिक करमा निरन्तर वृद्धि गर्दा मिडसाइज प्रिमियम मोटरसाइकलको आयात पनि खुम्चेको थियो।
तर, अहिले डिजिटल प्लेटफर्ममार्फत ग्राहकहरूमा जागरूकता बढ्दै जानु, फाइनान्स सुविधा सजिलै उपलब्ध हुनु र स्टाटस सिम्बोलको रूपमा बाइक प्रयोग गर्ने प्रवृत्तिले पनि बजारमा माग बढाएको व्यवसायीहरूको भनाइ छ।