काठमाडौं। बैशाख १ गते मातातीर्थ सवस्टेसनमा आगलागी भएर ठूलो नोक्सान भएको दुई दिन नवित्दै ढल्केवर सवस्टेसनमा पनि आगलागी भएको छ।
मातातीर्थमा जे/जसरी आगलागी भयो, सोही प्रकृतिबाट ढल्केवरमा पनि आगलागी भएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ। सरकारले तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई पदबाट बर्खास्ती गरेसँगै उनका समर्थक कर्मचारीले यो सरकार र वर्तमान नेतृत्वलाई बदनाम गराउन नियोजित रुपमा आगजानी गरेको प्राधिकरणको प्रारम्भिक अनुमान छ।

सिष्टममाथि आक्रमण हुने वित्तिकै देश अन्धाकारमय हुन्छ। देशमा लोडसेडिङ हुने वित्तिकै सरकार र प्राधिकरणको आलोचना गर्न सकिन्छ। त्यही भएर अहिले सिष्टममाथि नियोजित रुपमा प्रहार भएको प्राधिकरणको प्रारम्भिक अध्ययनबाट देखिएको छ।
यद्यपि, प्राधिकरणले माततीर्थमा भएको घटनालाई लिएर छानबिन गर्ने बताएको छ। उक्त घटना सेलाउन नपाउँदै ढल्केवरमा ठूलो घटना भएको छ। ‘त्यहाँ त ट्रान्सफर्मर समेत जलेर नस्ट भएको प्राधिकरणले जनाएको छ। माततीर्थमा ट्रान्सफर्मर जोगाउन सकिएको थियो,’ प्राधिकरण स्रोतले भन्यो, ‘ढल्केवरमा ट्रान्सफर्मर समेत जल्यो।’
प्राधिकरणका अनुसार ढल्केवर सवस्टेसनमा आगलागी हुँदा सिटी प्यानलबाटै आगलागी सुरु भएको हो। आगलागी हुँदा १३२ केभिएको ६३ एमभिएको ट्रान्सफर्मर, केवल, र ब्रेकर जलेर नस्ट भएको छ।
ट्रान्सफर्मर नै जलेर नष्ट हुँदा केही क्षेत्रहरुमा विद्युत् सेवा अवरुद्ध भएको छ। प्राधिकरणले यसलाई सुनियोजित आक्रमण गरिएको हुन सक्ने बताएको छ। नयाँ प्रबन्ध निर्देशकका रुपमा हितेन्द्रदेव शाक्य आएपछि सवस्टेसनमा भएको दाेस्राेआगलागी हो।

ढल्केवर सवस्टेसनलाई नेपालको पावर सिष्टमको मुट्ट नै मानिन्छ। सुरक्षा व्यवस्थाका कारण वा कर्मचारीको लापरबाहीले यस्तो भएको भन्ने खुल्न बाँकी रहेको प्राधिकरणले जनाएको छ।
मातातीर्थमा जसरी आगलागी भएको थियो। ढल्केवरमा सोही तरिकाबाट आगलागी भएको हो। यसलाई प्राधिकरणले सुनियोजित आक्रमणको रुपमा लिएर त्यसैअनुसार अनुुसन्धान अघि बढाउने भएको हो।