बिहान ठीक १० बजे हस्याङफस्याङ गर्दै पढ्न विद्यालय गयो। झोलामा बोकेको किताब घारीमा हुत्याएर त्रिशूलीको चिसो पानीमा फाल हाल्यो। नदीको सुसाइ र छालमा हराउँदै दिनभर पौडी। नदीसँग जिस्कने लत बेग्लै। संसार अलग्गै।
फेरि ४ बजेपछि किताबकापीको झोला बोकेर घर फर्कियो। सानामा यस्तै बदमास थिए, उद्धव कँडेल।
उमेरले भर्खरै ३६ टेकेका उनी २०५६ तिरको कुरा स्मरण गर्छन्, ‘म अरु विद्यार्थीभन्दा फटाहा र बदमास थिएँ। सरहरूले भनेको नमान्ने जिताहा विद्यार्थी। ग्रुपिज्म गर्ने अनि केही उच्छृंखल पनि। सरहरूको अनुशासनभन्दा आफ्नै नियम रुचाउँथेँ। कक्षाकोठाभन्दा बाहिरको संसार मलाई लोभ्याउँथ्यो। जहाँ नदी बग्थ्यो, जहाँ स्वतन्त्रता थियो। किताबका अक्षरभन्दा नदीका छालसँग खेल्न मन पथ्र्यो।’
धादिङ बेनीघाट बाहुनटारमा जन्मिएका उद्धव त्रिशूली नदी किनारको पर्यटन पर्याय बनेका छन्। अब्बल उद्यमीका रूपमा पहिचान बनाइसकेका उनले पानीसँगको बाल्यकालदेखिकै सम्बन्धलाई व्यावसायिक रूपमा अघि बढाउन सफल भएका छन्। सानैदेखि पानीसँग विशेष लगाव राख्ने उद्धवले विद्यालय गएका दिनसमेत ‘हाफ टाइम’मा भागेरै पौडी खेल्न भ्याए। त्यही लतले आज उनी पानीकै सहयात्री भएका छन्।
-1744650270.jpeg)
उनको जीवन यात्रा त्रिशुली नदीजस्तै बहावयुक्त छ– कहिले शान्त, कहिले चञ्चल तर सधैं गतिशील। नेपालमा प्लस टु सकेपछि उनी युरोप गए। होटल म्यानेजमेन्ट अध्ययन गरे। सन् २००९ देखि २०१४ सम्मको त्यो बसाइँले उनलाई व्यावसायिक दृष्टिकोणमा परिपक्व बनायो। नेपाल फर्केपछि उनले त्रिशूली नदी किनारमा एउटा सानो डुंगाबाट व्यवसाय सुरु गरे–¥याफ्टिङ।
नदी किनारको पुस्तैनी जग्गा अरू धेरैसँग थियो, तर त्यसलाई सदुपयोग गर्ने सोच उद्धवले निकाले। सुरुआती दिनमा ठमेल गएर विदेशी ग्राहकलाई हात जोडेर बोलाउनुपर्ने अवस्था थियो। नेपालीहरू साहसिक खेलप्रति कम आकर्षित थिए। तर, २०१५ तिर नेपालीहरू पनि ¥याफ्टिङमा रुचि राख्न थाले। यही अवसरलाई सदुपयोग गर्दै उद्धवले त्रिशूली रिभर साइड रिसोर्टलाई विस्तार गर्दै गए।
नदीको सुसेली सुन्दै, छालसँग रमाउँदै मानिसहरू ¥याफ्टिङ गर्न आउन थाले। सँगै उद्धवको कल्पनाले पनि नयाँ आकार लिन थाल्यो। पाहुनाका आवश्यकताअनुसार ठाउँ व्यवस्थापन गर्न थालियो– सुरुआती दिनमा टेन्ट, पछि कटेज अनि पारिवारिक घुमघाम बढ्दै गएपछि सुविधासम्पन्न भवनहरू ठडिए। जति–जति आगन्तुक संख्या बढ्दै गयो, त्रिशूली नदीको लयमा रमाउने माहोल पनि बाक्लिँदै गयो। बिदाका दिनमा प्रतिध्वनित हुने लाइभ संगीतले वातावरणलाई अझ रोमाञ्चक र जादूमय बनायो। हरेक शुक्रबार त्रिशूली तटमा संगीत गुञ्जिन थाले। आम्दानी पुनः लगानी भई निरन्तर विकास यात्रा अघि बढ्दै गयो।
उद्धव आफैं पाहुनाको गाइड बनेर त्रिशूलीमा पस्छन्। डुंगा चलाउँछन्, नदीका छालसँग छलाङ मार्छन् र साहसिक पर्यटनमा रमाउन आएका पर्यटकसँग खुसी बाँड्छन्। उनको व्यवसायको माध्यम मात्र नभई बाल्यकालदेखिकै साथी बनेको छ, नदी। यसको छाल र बहावले उनलाई पनि बलियो बनाउँदै लगेको छ।
-1744650272.jpeg)
विदेशबाट फर्किएपछि उद्धवले औपचारिक रूपमा डुंगा चलाउन सिके। सरकारले दिने लाइसेन्स हरेक पाँच–पाँच वर्षमा नवीकरण गर्नुपर्ने हुन्छ। न्याथमले गराउने १५ दिने तालिम पूरा गरेपछि उनले प्रोफेसनल लाइसेन्स प्राप्त गरे। ठीक त्यही बेला त्रिशूलीमा उनको यात्रा नयाँ उचाइतर्फ मोडियो।
१२ वर्षको अन्तरालमा उद्धवसँग अहिले १२ वटा ¥याफ्टिङ बोट छन्। सिजनमा सातामा करिब डेढ सय जनाले ¥याफ्टििको रोमाञ्चकता अनुभव गर्छन् भने वार्षिक रूपमा झन्डै ५ हजारले त्रिशूलीका छालसँग पौठेजोरी खेल्छन्। त्रिशूली नदी किनारमा उद्धवा दुईटा रिसोर्ट छन्– बेनीघाट रोराङ गाउँपालिकापट्टि त्रिशूली रिभर साइड रिसोर्ट र सिद्धलेक गाउँपालिकातिर त्रिशूली भिल्ला। यी रिसोर्ट प्राकृतिक सौन्दर्य–सज्जित छन्, जहाँ पारिपट्टि २५० र वारिपट्टि ५७ जना पाहुना बस्न सक्छन्। त्रिशूली नदीको आनन्द मात्र होइन, यहाँ स्वीमिङ पुल, एड्भेन्चर गतिविधि र सुविधासम्पन्न आवासे व्यवस्था पनि छ,जसले आगन्तुकको यात्रालाई अविस्मरणीय बनाउँछ।
...
कोभिड महामारीको समय संसार ठप्प थियो, तर उद्धवको दिमाग चलिरहेको थियो। संसार सुस्ताइरहेका बेला उद्धवले नयाँ सोच बनाए– नदीमाथि साइकलिङ र जिपलाइन। उनी भन्छन्, ‘संसार सुतिरहेका बेला म उठ्नुपर्छ भन्ने मानसिकताले काम ग¥यो।’ महामारीकै बीच उनले जग्गा किनेर जिपलाइन सुरु गरे। जिपलाइनबाट पारि पुगेकालाई सजिलो बनाउन उनले साइकलमार्फत फेरि नदीवारि आउन सक्ने व्यवस्था गरे। यो नवीन प्रयोग पर्यटकलाई निकै मन प¥यो।
महामारीकै बेला जोखिम उठाउँदै हात हालेको नयाँ परियोजनाले उनलाई व्यवसायमा अर्को नयाँ उचाई थपिदिएको छ। त्रिशूलीमा जिपलाइन र साइकलिङ पर्यटन प्रेमीका लागि अनिवार्य गन्तव्य बनेको छ। यो सब बनाउन झोलुंगे पुलबाट सामग्री बोक्नुपरेको दिन सम्झँदै भन्छन्,‘यो माटोमा स्थानीयकै मिहिनेत र पसिना पोखिएको छ।’
उनको व्यवसायमा करिब ५० जनाले रोजगारी पाएका छन्। ¥याफ्टिङका रिभर गाइड ५ जनासहित ३० जना पूर्णकालीन कर्मचारी छन्। पाहुनाको उपस्थितिलाई ध्यानमा राखी पार्ट–टाइम स्टाफ पनि हायर गरिन्छ। ‘हामी हायर–बेसमा काम गर्छौं,’ उद्धव भन्छन्। ‘स्थानीय समुदायलाई प्रोत्साहित गर्न, नुन, तेल र चामलबाहेक अधिकांश सामग्री उनीहरूकै उत्पादन खरिद गर्छौं।’
...
त्रिशूली रिभर साइड रिसोर्टका गाइड वर्षमा तीन महिना जापान जान्छन्। नेपालमा बर्खा सुरु भएपछिका तीन महिना जापानमा पर्यटनको पिक सिजन हुने भएकाले उनीहरू त्यहाँ काम गर्न जान्छन्। ‘यसका लागि विशेष लाइसेन्स आवश्यक पर्छ,’ उद्धव भन्छन्, ‘डब्लुआरटी, इन्टरनेसनल लाइसेन्स, रेस्क्यु ट्रेनिङ गरेका गाइड मात्रै जापान जान पाउँछन्।’
त्रिशूली नदीमा ¥याफ्टिङ सञ्चालन गर्ने भएकाले रिभर साइड रिसोर्टप्रति जापानमा छुट्टै विश्वास छ। ‘त्रिशूली नदीमा ¥याफ्टिङ गर्ने भनेपछि अनुभवी हुन आवश्यक हुन्छ,’ उनी थप्छन्। प्रयास गर्ने सबै गाइडले भिसा पाएका छन्। केही गाइड नियमित रूपमा जापान आउ–जाउ गर्छन् भने केहीलाई जापानी कम्पनीले राम्रो सुविधा दिएर स्थायी रूपमा राखेका छन्।

उद्धवको व्यवसायमा परिवारको साथ र सहयोग रहँदै आएको छ। उनका दाजु गणेश कँडेल पनि रिभर गाइड हुन्। ‘बुबा हाम्रो सबै काममा नजिकबाट रेखदेख गर्नुहुन्छ,’ उद्धव भन्छन्, ‘श्रीमती वित्त व्यवस्थापनको जिम्मेवारी सम्हाल्छिन्।’
अब स्थानीय संस्कृति प्रवद्र्धन गर्न सांस्कृतिक कार्यक्रम सञ्चालन गर्ने योजनामा छन्, उद्धव। ‘चेपाङ र गुरुङ समुदायसँग मिलेर उनीहरूको संस्कृति पर्यटकका लागि विशेष प्रस्तुति दिनेछौं,’ उनी बताउँछन्।
उद्धव ४० वर्षपछि रिटायर्ड हुने सोचमा छन्। ‘रिटायर्ड हुनुको मतलब मैले पर्यटन व्यवसाय छाड्ने होइन,’ उनी भन्छन्, ‘तर अब आक्रामक मार्केटिङको चरण पार गरेर सहज जीवन बिताउने सोच छ। सिकाउने काम जारी राख्नेछु, तर धपेडी गर्न चाहन्नँ।’ उनले बेलाबेला कम्युनिटी सर्भिस र मेडिकल क्याम्प पनि सञ्चालन गर्ने योजना बनाएका छन्। ‘समाजलाई केही फर्काइदिन पाउनु नै साँचो सफलताको मर्म हो,’ उनी भन्छन्।
नेपालमा व्यवसाय चुनौतीपूर्ण भए पनि असम्भव छैन भन्ने विश्वासको उनको विश्वास छ। ‘नेपालमा पैसा भएर पनि सामान्य मान्छेले व्यवसाय गर्न गाह्रो छ,’ उनी भन्छन्, ‘तर साँचो मिहिनेत गरे सफलता सम्भव छ।’
कति दिनको प्याकेज बनाउन सकिन्छ
उनका रिसोर्टमा २ रात ३ दिनको प्याकेज उपलब्ध छ। एक रात त्रिशूली रिभर साइड, अर्को रात त्रिशूली भिल्लामा बिताउन सकिन्छ। प्याकेजमा जिपलाइन, साइक्लिङ, ¥याफ्टिङ र हाइकिङको अनुभव लिन सकिन्छ।
त्रिशूली नदीमा ¥याफ्टिङ निकै सहज भएकाले चितवन वा पोखरा जाने जोकोहीले पनि बाटोमा ¥याफ्टिङ गरेर आफ्नो यात्रा अझ रोमाञ्चक बनाउन सक्छन्। ‘यो सबै उमेर समूहका लागि उपयुक्त छ,’ उद्धव भन्छन्, ‘मुख्य सहर काठमाडौं, चितवन र पोखराको नजिक भएकाले त्रिशूली ¥याफ्टिङको क्रेज उच्च छ।’
त्रिशूली ¥याफ्टिङको सुन्दर पक्ष नै यसको सहज पहुँच र रोमाञ्चक अनुभव रहेको ठान्छन्, उद्धव।