काठमाडौं। नेपालको सबैभन्दा ठूलो दुई पांग्रे एक्सचेन्ज महोत्सव ‘यामाहा ब्लु फेस्ट’ आजबाट काठमाडौंको भृकुटीमण्डपमा सुरु भएको छ।
सप्ताहव्यापी उत्सवको उद्घाटन एमएडब्लु इन्टरप्राइजेजका प्रबन्ध निर्देशक विष्णु कुमार अग्रवाल र एमएडब्लु राइड्सका सीईओ तथा कार्यकारी निर्देशक दीपक कुमार अग्रवालले संयुक्त रूपमा गरे।
चैत २८ देखि वैशाख ३ गतेसम्म चल्ने यस महोत्सवमा कुनै पनि ब्रान्डको मोटरसाइकल वा स्कुटर सहज रूपमा एक्सचेन्ज गर्न सकिने विशेष अवसर प्रदान गरिएको छ।
एक्सचेन्ज अफरहरू:
● कुनै पनि ब्रान्डको कुनै पनि बाइक साटाफेर गर्न।
● कुनै पनि यामाहा बाइक वा स्कुटरमा ५० हजारको मिनिमम भ्यालुएसन।
● अन्य कुनै पनि ब्रान्डमा २५ हजार न्यूनतम मूल्याङ्कन (ट्याक्स क्लियरेन्स अनिवार्य)।
● एक्सचेन्जमा अतिरिक्त १० हजार मूल्याङ्कन बोनस।
● कुनै ग्यारेन्टर आवश्यक नपर्ने गरी ७.९९५ को फाइनान्सिङ।
● यामाहा थ्रिल अफ थ्री योजनाको साथ एक लाखसम्म नगद छुट।
➢ थ्रिल अफ थ्री विज्ञापन सेयर गरी एक हजार जित्नुहोस्।
➢ विज्ञापनको स्क्रिनसट देखाई ५० हजारसम्म नगद छुट जित्नुहोस्।
➢ यामाहा खरिद गर्नुहोस् गरी एक लाखसम्म नगद छुट जित्नुहोस्।
बाइकबाहेकका आकर्षण:
- डुअर प्राइजमा स्मार्ट हेलमेटहरू जित्ने मौका पाउनुहोस्।
- कुनै पनि यामाहा मोडेलको टेस्ट राइड गर्नुहोस् र रोमाञ्चक उपहारहरू घर लैजानुहोस्।
- गेमिङ जोन ( एक्शन(प्याक फन र प्रतियोगिताहरूमा डुब्नुहोस्।
- फेस पेन्टिंग
- महेश काफ्ले र अस्मिता अधिकारीद्वारा प्रस्तुत हुने ऊर्जावान पर्फर्मेन्सको आनन्द लिनुहोस्।
- फ्री एक्सेसरिज
- यसबाहेक पनि अन्य धेरै कुराहरू
प्रदर्शनीमा यामाहाका विभिन्न लोकप्रिय मोडेल प्रस्तुत गरिएका छन्। जसमा नेपालकै सबैभन्दा बढी माइलेज दिने स्कुटर रेजेडआर १२५ एफक्ष् हाइब्रिड ९एआरएआई प्रमाणित ७१।३३ किमिरलिटर० प्रमुख आकर्षण हो। त्यससँगै आर १५ भी४, एमटी(१५ भी२, एरोक्स १५५, एफजेड भी३ सिरिज र डब्लुआर १५५आर जस्ता मोडेलहरू पनि प्रदर्शनीमा राखिएका छन्।

जसले सहरी सवारीसाधन खोज्ने ग्राहकदेखि अफ रोड रोमाञ्चक यात्रा मन पराउने सवारी प्रेमीसम्म सबैका आवश्यकता पूरा गर्छन्।
यस ‘यामाहा ब्लु फेस्ट’ले एक्सचेन्ज अफर मात्र नभई, सवारी संस्कृति, प्रविधि र यामाहा समुदायको उत्सवको रूपमा आफ्नो स्थान बनाएको छ।
एमएडब्लू राइड्सअन्तर्गतको यामाहा नेपाल, नेपालको सबैभन्दा विश्वसनीय दुई पाङ्ग्रे ब्रान्डमध्ये एक हो। जुन यसको अत्याधुनिक प्रविधि, उत्कृष्ट प्रदर्शन र ग्राहक सन्तुष्टिप्रति समर्पणको लागि परिचित छ। यामाहाले देशभरि उत्कृष्ट राइड अनुभव प्रदान गर्दै निरन्तर नवीनता र सेवाको सीमाहरू अगाडि बढाइरहेको छ।