काठमाडौं। राजनीतिले थला परेको वकिलको संस्था नेपाल बार एसोसिएसनको २७औं केन्द्रीय कार्यसमिति निर्वाचन आज हुँदै छ।
निर्वाचनमा कांग्रेस, एमाले र र माओवादी निकटका वकिलहरुले विभिन्न मोर्चा बनाएर मैदानमा उत्रिएका छन्। बार अध्यक्षमा बृहत लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता प्राडा विजयप्रसाद मिश्र र व्यावसायिक कानुन व्यवसायी समूहबाट वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठबीच प्रतिस्पर्धा हुँदै छ।
आज बिहान ८ बजेदेखि सुरु भएको निर्वाचनमा वरिष्ठ अविधक्ताद्वय प्राडा मिश्र र श्रेष्ठ फरक–फरक प्यानलै बनाएर चुनावमा प्रतिस्पर्धा गर्दै छन्।
न्यायालयको सुधारका लागि दुवैले आ–आफ्नो प्रतिबद्धतासमेत सार्वजनिक गरेका छन्। अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता प्राडा मिश्र समूहले आफ्नो उम्मेदवारी नेपाल बारको संस्थागत, संरचनागत र नीतिगत सुधार गर्न आवश्यक कदम चाल्न, सशक्त, प्रभावकारी एवं कार्यमुखी बार निर्माण गर्न भनेको छ।
त्यस्तै, अर्का अध्यक्ष उम्मेदवार वरिष्ठ अधिवक्ताा श्रष्ठले बारको संस्थागत सुधार र कानुन व्यवसायीको क्षमतमा अभिवृद्धिमा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले आफूलाई निर्वाचित गराए न्यायापालिकाको पुनःसंरचना गर्ने दाबी गरे।
यो समूहले कानुन व्यवसायीको व्यावसायिक हकहित, इज्जत प्रतिष्ठा र व्यावसायिक सुरक्षा गर्ने, स्वतन्त्र, सक्षम, जवाफदेहीता न्यायापालिका र भ्रष्टाचारमुक्त न्यायालय, कानुन व्यवसायीलाई सूचना प्रविधिमा दक्ष बनाउने कार्यक्रम सञ्चालन गर्नेलगायत रहेका छन्।
बारमा अध्यक्षका लागि समूहगत दुई र स्वतन्त्र तीन गरी पाँच जनाको उम्मेदवारी परेको छ । बारको अध्यक्ष पदका लागि अध्यक्षमा वरिष्ठ अधिवक्ता प्राडा मिश्र, वरिष्ठ अधिवक्ता र श्रेष्ठ समूह बनाएरै चुनावी मैदानमा छन्।
अन्य अध्यक्षमा अधिवक्ता राजु कैती, अधिवक्ता उज्ज्वल घिमिरे र अधिवक्ता आशीष पौडेल रहेका छन्। बारको २५ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन हुन लागेकाे हाे।