मंगलबार, साउन १४, २०८२

नेकपा एस र जसपा नजोडिने पक्का

४ मंसिरको निर्वाचनपछि दुई पार्टीबीच एकता गर्न विभिन्न चरणमा वार्ता भए पनि हालसम्म परिणाम ननिस्किएको हो।
 |  शुक्रबार, फागुन ५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन ५, २०७९

काठमाडौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एस र उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)बीचको एकता हालका लागि टरेको छ।

४ मंसिरको निर्वाचनपछि दुई पार्टीबीच एकता गर्न विभिन्न चरणमा वार्ता भए पनि हालसम्म परिणाम ननिस्किएको हो। दुवै पार्टीले एकताका लागि छलफल गर्न छुट्टाछुट्टै वार्ता समिति बनाएका छन्। दुवै समितिबीच तीन चरणसम्मको छलफल भइसकेको छ।

छलफल निष्कर्षविहीन भएपछि कार्यदलले एकअर्काको दस्तावेज अध्ययन गर्ने र प्रतिवेदन तयार गरी त्यसमा छलफल चलाउने सहमति भएको थियो। ‘दस्तावेज अध्ययनको काम सकिएको छ। तयार भएको प्रतिवेदनलाई अन्तिम रुप दिन बाँकी छ,’ नेकपा एसका नेता मेटमणि चौधरीले भने। 

दलका नेताहरु २५ फागुनको राष्ट्रपति निर्वाचन लक्षित रणनीतिमा व्यस्त भएकाले दुई पार्टीबीचको एकतातर्फ कसैको ध्यान नगएको चौधरीले बताए।प्रतिवेदनमाथि छलफल भइरहेकाले केही दिनमै दुवै पार्टीका अध्यक्षलाई बुझाइए पनि तत्काल एकता नहुने तर मोर्चासम्म बन्न सक्ने उनको भनाइ छ। 

वार्ता समिति सदस्य एवं जसपा कार्यकारिणी सदस्य गोविन्द चौधरी शीर्ष नेताहरु व्यस्त भएका कारण एकता प्रक्रियाले गति लिन नसकेको ठान्छन्।

प्रकाशित: Feb 17, 2023| 14:13 शुक्रबार, फागुन ५, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...