शनिबार, साउन १८, २०८२

भारतीय विदेश सचिव क्वात्रा आज नेपाल आउँदै

भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन्।
 |  सोमबार, फागुन १, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, फागुन १, २०७९

काठमाडौं- भारतीय विदेश सचिव विनय मोहन क्वात्रा तीन दिने नेपाल भ्रमणका लागि आज काठमाडौं आउँदैछन्। परराष्ट्र मन्त्रालयले परराष्ट्र सचिव भरतराज पौड्यालको निमन्त्रणामा क्वात्रा नेपाल आउन लागेका हुन्। 

भ्रमणका क्रममा क्वात्राले समकक्षी पौड्यालसँग औपचारिक छलफल गर्नेछन्। उक्त छलफलमा दुई पक्षीय सहकार्यका विभिन्न पक्ष जस्तै कनेक्टिभिटी,  उर्जा व्यापार, कृषि, स्वास्थ्यबारे छलफल हुनेछ।  

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार क्वत्रा सोमबार बिहान १०:३० बजे काठमाडौं उत्रने कार्यक्रम रहेको छ।

नेपालमा रहँदा क्वात्राले राष्ट्रपति विलादेवी भण्डारी, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, परराष्ट्र मन्त्री बिमला पौड्याल राई, नेकपा एमालेका अध्यक्ष केपी ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालगायतलाई भेट गर्नेछन्।

दुई दिने भ्रमण सकेर विदेश सचिव क्ववत्रा मंगलबार स्वदेश फर्कने कार्यक्रम रहेको छ।

प्रकाशित: Feb 13, 2023| 08:00 सोमबार, फागुन १, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...