आइतबार, जेठ ५, २०८२

वीर अस्पताल परिसरमा उपचार माग्दै डाक्टरविरुद्ध बिरामीका आफन्तको प्रदर्शन

अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सरकारको विरोधको प्रतिरोध गर्न डाक्टरले बिरामीको उपचार वहिष्कार गर्नु निन्दनीय भएको प्रदर्शनकर्ताको दाबी।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं– शुक्रबार राष्ट्रपतिको सवारीका क्रममा वीर अस्पतालका चिकित्सक जनिथ सिंहमाथि प्रहरीले डन्डा बर्साएको प्रतिकारमा आइतबार राखिएको अस्पताल बन्द कार्यक्रममा डाक्टरविरुद्ध बिरामीको आफन्त विरोध प्रदर्शनमा उत्रिएका छन्।

आइतबार बिरामीका आफन्तले उपचार सेवाको माग गर्दै वीर अस्पताल अगाडिको सडकमा प्रदर्शन गरेका हुन्। उनीहरूले  अस्पतालजस्तो संवेदनशील क्षेत्रमा सरकारको विरोधको प्रतिरोध गर्न डाक्टरले बिरामीको उपचार वहिष्कार गर्नु निन्दनीय भएको बताए। 

नेपाल चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिकबाहेकका सेवा बन्द हुँदा बिरामी मर्कामा परेका छन्।

विरोध प्रदर्शनका क्रममा बिरामीका आफन्तले केही बेर सडक अवरुद्ध गरे पनि प्रहरीले हटाएको छ।

वीर अस्पतालमा बिहानै पुगेका धेरै बिरामी र तिनका आफन्त अलमलमा परेका थिए। सुरक्षा गार्डले ओपीडी सेवा बन्द भएको जानकारी गराएर बिरामीलाई फर्काएको देखिन्थ्यो। एपचारका लागि उपचारका लागि अस्पताल आएकाहरू मलीन अनुहार लिएर बसिरहेको दृश्यले जोकोहीलाई भावुक बनाइरहेको छ।

आन्दोलनरत चिकित्सकका प्रतिनिधि र सरकारी टोलीबीच वार्तामार्फत समस्या समाधानको प्रयास भइरहेको छ। प्रधानमन्त्री कार्यालय सिंहदरबारमा आन्दोलनरत चिकित्सक र सरकारी टोलीबीच वार्ता भइरहेको छ। वार्तामा सरकारले संघलाई आन्दोलन छाडेर बिरामीको सेवामा लाग्न आग्रह गरेको छ। 

प्रकाशित: Feb 12, 2023| 12:04 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्