आइतबार, जेठ ५, २०८२

चिकित्सकको आन्दोलन फिर्ता

२७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनिथ सिंहमाथि प्रहरीले लाठी चार्ज गरेपछि आन्दोलित बनेको नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं- २७ माघमा राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा राष्ट्रिय ट्रमा सेन्टरका सर्जन डा. जनिथ सिंहमाथि प्रहरीले लाठी चार्ज गरेपछि आन्दोलित बनेको नेपाल चिकित्सक संघले आन्दोलनका कार्यक्रम फिर्ता गरेको छ।

नेपाल सरकारबाट कुटपिटको विषयमा छानविन गर्न वार्ताटोली गठन गरिएको थियो। चिकित्सक संघ र सरकारी टोलीबीच भएको वार्तापछि आन्दोलनका कार्यक्रम स्थगित गरिएको हो। 

'घटनाको छानविन गरी दोषिमाथि कारबाही गर्ने, भिभिआइपीको सवारीमा सर्वसाधारणलाई पर्ने असुविधाको न्यूनिकरणका विषयमा मन्त्रिपरिषद्‍मा छलफलका लागि सिफारिस गर्ने, स्वास्थ्यकर्मीको सुरक्षाको लागि बनेको ऐनको पूर्ण कार्यान्वयन लगायतका विषयमा सहमति भएको छ,' चिकित्सक संघको पूर्वअध्यक्ष मुक्तिराम श्रेष्ठ नेपाल समयसँग भने।

संघले ओपीडी सेवाहरू बन्दको आह्वान गर्दै सरकारी अस्पतालमा बिहानैबाट इमर्जेन्सी सेवामात्र दिन थालेको थियो। प्रहरीको लाठी चार्जबाट डा. सिंह घाइते भएका थिए।

प्रकाशित: Feb 12, 2023| 11:48 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्