आइतबार, जेठ ५, २०८२

अस्पताल बन्दको कार्यक्रम फिर्ता लिन स्वास्थ्य मन्त्रालयको आग्रह

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघको अस्पतालका आकस्मिक बाहेक सेवा बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ।
 |  आइतबार, माघ २९, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, माघ २९, २०७९

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल चिकित्सक संघको अस्पतालका आकस्मिक बाहेक सेवा बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको छ।

राष्ट्रिय ट्रमा सेन्टरका डा. जनिथलाल सिंह माथि शुक्रबार प्रहरीले लाठी चार्ज गरेको विरोधमा संघले आजका लागि देशभरका स्वास्थ्य सेवा प्रदायक संस्थाहरु बन्दको आह्वान गरेको छ। यता प्रहरीले भने डाक्टरमाथि लाठी चार्ज गर्ने प्रहरीलाई निलम्बन गरी अनुसन्धान प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले शनिबार राति विज्ञप्ती जारी गर्दै अस्पताल बन्द गर्ने निर्णयबाट पछि हट्न नेपाल चिकित्सक संघसँग आग्रह गरेका छन्। 

‘घटनामा सम्लग्न सुरक्षाकर्मीलाई निलम्बन गरी छानविन गरिरहेको तथा घटनाको विषयमा थप छलफल गरी समस्याको समाधान गर्नका लागि वार्ता समिति गठन गर्ने र संघका विषयलाई सम्वादमार्फत हल गर्ने प्रयास भइरहेको छ। स्वास्थ्य क्षेत्र जस्तो सम्वेदनशील विषयमा स्वास्थ्यकर्मी थप सम्वेदनशील बनेर उपचारका लागि आउने बिरामीलाई निर्वाध रुपमा सेवा गर्नसमेत अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: Feb 12, 2023| 07:15 आइतबार, माघ २९, २०७९
प्रतिक्रिया दिनुहोस्