आइतबार, जेठ ५, २०८२

आँखाको समस्यापछि कारागारबाट अरुण चौधरीलाई अस्पताल लगियो

निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आँखामा समस्या देखिएपछि अस्पताल लगिएको छ।
 |  मंगलबार, माघ २४, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ २४, २०७९

धनगढी- निलम्बित प्रतिनिधि सभा सदस्य अरुण चौधरीलाई आँखामा समस्या देखिएपछि अस्पताल लगिएको छ।

आँखामा समस्या आएपछि उनलाई धनगढी नेत्रालय लगिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक खगेन्द्र साउदले बताए।

कैलाली २ बाट निर्वाचित भएका चौधरी २०६६ भदौ ३ गते लु २ त २११ नम्बरको ट्र्याक्टर जलाएको भन्दै १९ माघमा बाँकेबाट पक्राउ परेका हुन्।

२०६७ भदौ २ कैलाली जिल्ला अदालतमा अरुण चौधरीसहित तीन जनाविरुद्ध मुद्दा दर्ता भएको थियो। सोही मुद्दामा २०७० वैशाख ९ गते कैलाली जिल्ला अदालतले चौधरीसहित पर्सराम चौधरी र वीर बहादुर चौधरीलाई जनही छ महिना कैद र ८ लाख १८ हजार ४२३ रुपैयाँ पीडितलाई उपलब्ध गराउने फैसला गरेको थियो।

प्रकाशित: Feb 07, 2023| 13:50 मंगलबार, माघ २४, २०७९
प्रतिक्रिया दिनुहोस्