शनिबार, साउन ३२, २०८२

माओवादी केन्द्रको पदाधिकारी बैठक आज पनि बस्ने

नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज मंगलबार पनि बस्ने भएको छ। सोमबारदेखि सुरु भएको पदाधिकारी बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएकाले आजका लागि बैठक बोलाइएको महासचिव देव गुरुङले बताए।
 |  मंगलबार, माघ १७, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, माघ १७, २०७९

काठमाडौं- नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक आज मंगलबार पनि बस्ने भएको छ। सोमबारदेखि सुरु भएको पदाधिकारी बैठकमा नेताहरुले बोल्नेक्रम नसकिएकाले आजका लागि बैठक बोलाइएको महासचिव देव गुरुङले बताए। 

पछिल्लो राजनीतिक घटनाक्रम र समसामयीक विषयमा छलफल जारी रहेकाले त्यस विषयमा नेताहरूको सुझाव लिनेक्रम जारी रहेको उनले बताए। यसअघि स्थायी समिति बैठकमा छलफल गर्दैआएको माओवादी केन्द्रले सो बैठक स्थगित गरी सोमबारदेखि पदाधिकारी बैठक बोलाएको थियो। पार्टी मुख्यालय पेरिसडाँडामा बस्ने बैठकमा आज पनि पदाधिकारीले आफ्नो सुझाव राख्ने उनले बताए।

बैठकमा सरकार सञ्चालनको एजेण्डा, राष्ट्रपति र उपराष्ट्रपति निर्वाचनका विषयमा पनि आवश्यक छलफल हुने महासचिव गुरुङको भनाइ छ। सोमबार बसेको पदाधिकारी बैठकले गृहमन्त्री नियुक्ति र राष्ट्रपति पदका विषयमा थप निर्णय लिने जिम्मेवारी अध्यक्ष प्रचण्डलाई दिएको थियो। 

अधिकांश पदाधिकारीले गृह मन्त्रालय सरकारको नेतृत्व गर्ने दलले लिनुपर्ने सुझाव दिएका थिए। गृहमन्त्री पदबाट राजीनामा दिएका रवि लामिछानेले पुनः सोही पदमा दाबी गरेपछि माओवादी नेताहरूको पछिल्लो धारणा बाहिर आएको बताइएको छ।

प्रकाशित: Jan 31, 2023| 09:47 मंगलबार, माघ १७, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...