सोमबार, जेठ २७, २०८२

डिजिटल माध्यमबाट शिक्षण सामग्रीको प्रयोग बढाउन सुझाव

मन्त्रालयले कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीलाई अधिकतम उपयोग गरी शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरेको हो।
 |  सोमबार, माघ १६, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, माघ १६, २०७९

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले डिजिटल माध्यमका शिक्षण सामग्रीका आधारमा शिक्षण प्रक्रिया प्रभावकारी बनाउन स्थानीय तह र शिक्षा तथा समन्वय इकाइलाई आग्रह गरेको छ।

सोमबार मन्त्रालयले विद्यालय तहको पाठ्यपुस्तक समयमा उपलब्ध नहुने र डिजिटल माध्यमको प्रयोगसमेत बढ्दै आएको अवस्थामा श्रव्य पाठ उत्पादन, प्रसारण र वितरण भइरहेको जानकारी दिएको हो।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले विज्ञप्ति जारी गरी कक्षा १ देखि १२ सम्मको पाठ्यक्रम र पाठ्यपुस्तकमा आधारित डिजिटल माध्यमका सामग्रीलाई अधिकतम उपयोग गरी विद्यालयको शिक्षण सिकाइलाई प्रभावकारी र गुणस्तरीय बनाउन आग्रह गरेका छन्।

उनका अनुसार हाल ६ हजार ८६९ विद्यालयमा सूचना तथा सञ्चार प्रविधि प्रयोगशाला स्थापना भएको र श्रव्य पाठ तथा ई–पुस्तकालय प्रवद्र्धन हुँदै आएको छ।

प्रकाशित: Jan 30, 2023| 13:32 सोमबार, माघ १६, २०७९
प्रतिक्रिया दिनुहोस्