सोमबार, जेठ २७, २०८२

दादुरा प्रकोपको ‘इपी सेन्टर’ नेपालगञ्ज उड्दै स्वास्थ्यमन्त्री गिरीसहितको टोली

नेपालगञ्ज उपमहानगरभित्र फैलिएको दादुराको अवस्था अध्ययन तथा रोकथाम, नियन्त्रण र पहलका लागि मन्त्री गिरीसहितको टोली बाँके जान लागेको हो।
 |  शनिबार, माघ ७, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, माघ ७, २०७९

काठमाडौं– स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी नेतृत्वको टोली दादुरा–रुवेला प्रकोप फैलिएको बाँकेको नेपालगञ्ज जाने भएको छ। शनिबार नेपालगञ्ज उपमहानगरभित्र फैलिएको दादुराको अवस्था अध्ययन तथा रोकथाम, नियन्त्रण र पहलका लागि मन्त्री गिरीसहितको टोली बाँके जान लागेको मन्त्रीका स्वकीय सचिव लक्ष्मण गिरीले बताएका हुन्। 

मन्त्रीसँगै स्वास्थ्य सचिव डा. रोशन पोखरेलसहित मन्त्रालयका उच्च अधिकारी पनि नेपालगञ्ज जानेछन्। गत १३ पुसदेखि नेपालगञ्ज उपमहानगरमा फैलिएको दादुरा यतिबेला कोहलपुर, खजुरा, नरैनापुर र डुडुवा गाउँपालिकामा पुगिसकेको छ। दादुराबाट अहिलेसम्म नेपालगञ्जमा २०० बालबालिका संक्रमित र एक जनाको निधन भएको छ। यस्तै, खजुरामा १८, कोहलपुरमा ५, नरैनापुरमा १५, डुडुवामा ८ बालबालिकामा दादुराको प्रकोप देखिएको छ । 

मन्त्रालयले दादुरा विरुद्धको खोप नलगाएकाले दादुरा–रुवेलाको प्रकोप फैलिएको जनाएको छ। मन्त्रालयले २२ पुसदेखि प्रकोप फैलिएका ठाउँमा ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकालाई दादुराविरुद्धको खोप लगाइरहेको छ। हालसम्म ४२ हजार ९७८ बालबालिकालाई खोप लगाउनुपर्नेमा लक्ष्यभन्दा बढी ४४ हजार ४०२ जनालाई खोप लगाइसकेको मन्त्रालयको बाल स्वास्थ्य तथा खोप शाखाले जनाएको छ। 

सरकारले सन् २०२३ सम्म नेपाललाई दादुरा निवारण गर्ने लक्ष्य लिएको छ। अहिले बाँकेको नेपालगञ्जमा दादुरा देखिएकाले चुनौती थपिएको छ।

प्रकाशित: Jan 21, 2023| 12:41 शनिबार, माघ ७, २०७९
प्रतिक्रिया दिनुहोस्