मंगलबार, जेठ २८, २०८२

माघ ९ र १० गते पर्साका बालबालिकालाई फाइजर खोप दिइने

पर्साका १४ वटै पालिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ।
 |  बुधबार, माघ ४, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, माघ ४, २०७९

वीरगञ्ज- पर्साका १४ वटै पालिकामा ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई फाइजर खोप लगाइने भएको छ।

जिल्ला खोप समन्वय समिति पर्साले माघ ९ र १० गते फाइजर खोप लगाउने अभियान सञ्चालन गर्ने निर्णय गरेको हो। फाइजर खोप लगाएका बालबालिकामा कोभिड–१९ को संक्रमणबाट हुने जटिलता कम देखिएको चिकित्सकहरूले बताएका छन्।

स्वास्थ्य कार्यालय पर्साले खोप अभियान सञ्चालनका लागि सबै पालिकाहरुमा समन्वय गर्ने, खोप अभियान सञ्चालनका लागि जिल्ला स्थित शिक्षक महासंघ रेडक्रस, प्याब्सन, एनप्याब्सन, अभिभावकसँगसँग समन्वय गर्ने निर्णय गरेको छ।

पालिकाका विद्यालयहरुमा खोप केन्द्र राखी खोप अभियान सञ्चालन गर्ने निर्णय भएको जिल्ला स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले जानकारी दिए।

प्रकाशित: Jan 18, 2023| 06:45 बुधबार, माघ ४, २०७९
प्रतिक्रिया दिनुहोस्