काठमाडौं- भनिन्छ बिहानको सुरुवात राम्रो भयो भने दिनभर राम्रो बित्छ। दिनभर ताजा रहन र शरीरलाई स्वस्थ राख्न बिहानको खाना स्वास्थ्य हुनुपर्छ।
धेरैजसो मानिसले आफ्नो दिनको सुरुवात चिया वा कफीबाट गर्छन्। तर, चिया वा कफीको बानी स्वास्थ्यका लागि हानिकारक हुन्छ।
बिहान खाली पेटमा चिया र कफी पिउनाले एसिडिटी र पेटसम्बन्धी धेरै रोग लाग्न सक्छ। त्यसैले बिहान उठ्नेबित्तिकै चिया र कफी पिउनुको सट्टा ऊर्जाले भरिपूर्ण हुने र शरीरलाई स्वस्थ राख्न मद्दत गर्ने केही यस्ता पेय पदार्थ सेवन गर्नुपर्छ।
बिहान दूध पिउनाले दिनभर ऊर्जावान् रहन्छ। यस्तो अवस्थामा दैनिक बिहानको नास्तामा दूध पिउनुपर्छ।
बिहान खाली पेटमा मनतातो कागती पानीले पाचन प्रणाली र रोग प्रतिरोधात्मक क्षमतामा सुधार गर्छ। तौल बढ्नबाट रोक्छ र दिन राम्रोसँग सुरु हुन्छ।
बिहान तपाईं धेरै प्रकारको जुस पिउन सक्नुहुन्छ। तर कागतीको जुस, एलोभेराको जुस, अनारको जुस र लौकाको जुस बिहान खाली पेटमा खानु निकै फाइदाजनक मानिन्छ। -अमरउजालाबाट