मंगलबार, जेठ २८, २०८२

पाठेघरसम्वन्धी समस्य लुकाएर बस्दै मुगुका महिला

उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरुमा पाठेघर खस्ने समस्य देखिएको छ। सुत्केरी तथा गर्भवती अवस्थामा पोशिलो खाना , भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्य आएको हो।
 |  शुक्रबार, पुस २९, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २९, २०७९

सुर्खेत- उमेर नपुग्दै विवाह गरी सुत्केरी हुँदा मुगुका महिलाहरुमा पाठेघर खस्ने समस्य देखिएको छ। सुत्केरी तथा गर्भवती अवस्थामा पोशिलो खाना , भार बढी हुने काम गर्दा स्वास्थ्यमा समस्य आएको हो। 

स्वास्थ्य सेवा कार्यालयले दिएको जानकारी अनुसार आर्थिक वर्ष २०७८/७९ मा छायाँनाथ रारा नगरपालिकामा पहिलो, दोस्रो र तेस्रो चरणमा जाँच गर्दा २५ जना महिला पाठेघर खस्ने समस्याबाट पीडित भएको पाइएको छ।

सदरमुकाम रहेको पालिका भित्र पाठेघर धेरै समस्य भएका महिलाहरुको उमेर कम रहेको पाइएको छ। सदरमुकाम स्वास्थ्य सेवा कार्यालय सम्मा पहुँच भएको पालिका हो। अन्य पालिका सदरमुकाममा रहेको स्वास्थ्य संस्थासँग पहुँच नभएका कारण त्यहाँ संख्य भारी भएको अनुमान लगाएको छ। 

स्वास्थ्य सेवा र्काालय मुगुकी सिनियर अनमी रामदेवी केसी सोरु गाउँपालिका, खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकाको स्वास्थ्य कार्यालयबाट पाठेघर खस्नेबाट पीडित भएका महिलाको विवरण आउन बाँकी रहेको बताइन्। पाठेघर खसेका वा समस्यमा परेका महिलाहरुले सेवा लिनका लागि लाज मान्ने, नखुल्ने भएका कारण वषौँ देखि समस्या लुकाएर बसिरहेको उनले बताइन्। 

सोरु गाउँपालिकाको स्वास्थ्य शाखाका प्रमुख चरित्र धामीले दिएको जानकारी अनुसार पाठेघरसम्बन्धी स्क्रिनिङ जाँच गर्दा हालसम्म ३६ महिलामा पाठेघरसम्बन्धी समस्या भएको पाइएको छ।  खत्याड गाउँपालिका र मुगमकार्मारोङ गाउँपालिकामा पाठेघरसम्बन्धी पीडित महिलाको संख्य धेरै भएपनि पीडित खुल्न नसकेको बताइएको छ।  

डा. मीना हमाल ९चौलागाईं०ले उमेर नपुग्दै विहे तथा सुत्केरी हुँदा दुर्गम जिल्लामा अत्यधिक महिलाहरुमा समस्य देखिएको बताइन्। शिक्षा तथा पारिवारिक दबाबका कारण समस्य लुकाएर बस्न बाध्य भएको उनको भनाई छ। पाठेघरमा ‘रिङ पे्रसरी’को माध्यमबाट वैकल्पिक सामान्य उपचार दिँदै आएको समेत उनको भनाइ छ।

प्रकाशित: Jan 13, 2023| 08:27 शुक्रबार, पुस २९, २०७९
प्रतिक्रिया दिनुहोस्