शनिबार, असार ७, २०८२

महालक्ष्मी विकास बैंकद्वारा हिरा गिरी जेहेन्दार छात्रवृत्ति वितरण

महालक्ष्मी विकास बैंकले पर्साको वीरगञ्जमा रहेको त्रिभुवन हनुमान माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ।
 |  बुधबार, पुस २७, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस २७, २०७९

काठमाडौं- महालक्ष्मी विकास बैंकले पर्साको वीरगञ्जमा रहेको त्रिभुवन हनुमान माध्यामिक विद्यालयमा कक्षा ८ मा अध्यनरत छात्र जीवन राजवंशीलाई हिरा गिरी जेहेन्दार छात्रवृत्ती प्रदान गरेको छ।

महालक्ष्मी फाइनान्सका संस्थापक अध्यक्ष स्व. हिरा गिरीको स्मृतिमा स्थापित उक्त जेहेन्दार छात्रवृत्ती बैंकका सञ्चालक समितिका सदस्य सञ्जय गिरीले विद्यार्थीका अभिभावक भावरलाल पारिकलाई हस्तान्तरण गरेका हुन्।

अध्ययनमा उत्कृष्ट तर पारिवारिक आर्थिक स्थिति कमजोर भएकोले विद्यार्थीको अध्यापनमा सहयोग पुर्‍याउने उद्देश्यले ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ती उपलब्ध गराएको बैंकले जनाएको छ। कार्यक्रममा बैंक सञ्चालक समितिका सदस्य गिरीले विद्यार्थीहरु देशका कर्णधार भएकोले गुणस्तरिय शिक्षा अपरिहार्य रहेको बताए।

विद्यालय व्यावस्थापनका अध्यक्ष गोपाल केडियाले विद्यार्थीलाई प्रदान गरिने यस्ता छात्रवृत्तीले गुणस्तरिय शिक्षामा टेवा पुग्ने विश्वास व्यक्त गरे।


प्रकाशित: Jan 11, 2023| 17:59 बुधबार, पुस २७, २०७९
प्रतिक्रिया दिनुहोस्