मंगलबार, जेठ २८, २०८२

तनहुँका ४२ हजार बढी घरधुरीमा स्वास्थ्य बिमाको पहुँच

तनहुँमा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भीमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बिमाको सेवा लिन सकिने व्यवस्था छ।
 |  सोमबार, पुस २५, २०७९

नेपाल समय

नेपाल समय

सोमबार, पुस २५, २०७९

तनहुँ– तनहुँका ४२ हजार ७५५ घरधुरी स्वास्थ्य बिमामा आबद्ध भएका छन्। स्वास्थ्य बिमा बोर्डको जिल्ला कार्यालयका अनुसार ती घरधुरीका १ लाख ७ हजार ७२५ स्वास्थ्य बिमाबाट लाभान्वित भएका हुन्।

सरकारले नागरिकको स्वास्थ्य उपचारको व्यवस्था गर्न स्वास्थ्य बिमा बोर्डको गठन गरेको थियो। उक्त बोर्डमार्फत घरपरिवारलाई बिमामा आबद्ध गरी सोहीमार्फत १ लाख रुपैयाँसम्मको उपचार निःशुल्क हुँदै आएको छ। जिल्लामा पहिलो वर्ष ८ हजार ७५१, दोस्रो वर्ष ९ हजार ४३, तेस्रो वर्ष १७ हजार ३८९, चौथो वर्ष ७ हजार ५७२ र चालू आर्थिक वर्षमा २ हजार २११ घरपरिवार स्वास्थ्य बिमामा आबद्ध भएको कार्यालयकी दर्ता अधिकारी सिर्जना बताइन्।

आव २०७४/७५ बाट लागू भएको उक्त कार्यक्रमअन्तर्गत पाँच जनासम्मको सदस्य भएका परिवारले वार्षिक ३ हजार ५०० बुझाएर बिमामा आबद्ध हुन सकिन्छ। पाँच जनाभन्दा बढी सदस्य भए प्रतिसदस्य थप ७०० भुक्तानी गर्नुपर्ने प्रावधान छ। सरकारले विपन्न नागरिकको निःशुल्क उपचार तथा औषधीको व्यवस्थाका लागि स्वास्थ्य बिमा अवधारणा ल्याएको थियो। तर स्वास्थ्य बिमा गर्नेलाई उपचार प्रभावकारी नभएको तथा औषधी पर्याप्त नपाइने गुनासो आउने गरेको छ।

तनहुँमा दमौली अस्पताल, बन्दीपुर अस्पताल, भिमाद प्राथमिक स्वास्थ्य केन्द्र, पुरनडिही प्राथमिक स्वास्थ्य केन्द्र र जिपी कोइराला स्वासप्रश्वास उपचार केन्द्रमा स्वास्थ्य बिमाको सेवा लिन सकिने व्यवस्था गरिएको छ। वैशाख, जेठ र असारमा दर्ता गर्ने सर्वसाधारणले १ भदौ, साउन, भदौ र असोजमा दर्ता गर्ने सर्वसाधारणले १ मंसिर, कात्तिक मंसिर र पुसमा दर्ता गर्ने सर्वसाधारणले १ फागुन र माघ, फागुन र चैतमा दर्ता गर्ने सर्वसाधारणले १ जेठबाट सेवा प्राप्त गर्न सक्नेछन्।

प्रकाशित: Jan 09, 2023| 17:35 सोमबार, पुस २५, २०७९
प्रतिक्रिया दिनुहोस्