मंगलबार, जेठ २८, २०८२

नेपालगन्जको दादुरा नियन्त्रणमा जुट्यो सरकार

नेपालगञ्जमा दादुराको संक्रमणबाट एकजना बालकको मृत्यु हुनुका साथै ३० जनाभन्दा धेरै बालबालिका बिरामी परेका छन्।
 |  आइतबार, पुस २४, २०७९

नेपाल समय

नेपाल समय

आइतबार, पुस २४, २०७९

महामारीको रुपमा फैलिएको दादुराको प्रकोप नियन्त्रणका लागि नेपालगन्जमा दादुराको खोपसँगै ‘भिटामिन ए’ खुवाउन सुरु गरिएको छ। नेपालगञ्जमा दादुराको संक्रमणबाट एकजना बालकको मृत्यु हुनुका साथै ३० जनाभन्दा धेरै बालबालिका बिरामी परेका छन्। 

बालबालिका बिरामी परेपछि दादुराको प्रकोप नियन्त्रणका लागि संक्रमित बिरामीको खोजतलास र उपचारसँगै ६ महिनादेखि १५ वर्ष उमेरका बालबालिकालाई दादुरा विरुद्धको खोप र भिटामिन एकको क्याप्सुल खुवाउन सुरु गरिएको हो। दादुराको संक्रमण फैलँदै गएपछि अभिभावकले नजिकैको खोप केन्द्रमा लगेर आफ्ना बालबालिकाहरुलाई दादुरा विरुद्धको खोप र भिटामिन ए को क्याप्सुल खुवाउन थालेका छन्।

संक्रमण देखिएका अधिकांश बालबालिका मुस्लिम र मधेशी समुदायको रहेको नेपालगञ्ज उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत तेज ओलीले बताए। स्वास्थ्य कार्यालय बाँकेको सहयोगमा नेपालगञ्ज उपमहानगरपालिकाले दादुरा फैलिएको नेपालगन्ज उपमहानगरपालिकाको ५, ७ र ८ नम्बर वडामा दादुराविरुद्धको खोप र भिटामिन एको क्याप्सुल खुवाउन अभियान सुरु गरेको हो। दादुराको संक्रमण फैलिएपछि शिक्षकहरुले पनि स्वास्थ्यकर्मीहरुको परामर्शमा विद्यार्थी र अभिभावकहरुलाई दादुरा रोगको संक्रमण र त्यसबाट बच्ने उपायहरुका बारेमा जानकारी गराउन सुरु गरेका छन्।

प्रकाशित: Jan 08, 2023| 11:15 आइतबार, पुस २४, २०७९
प्रतिक्रिया दिनुहोस्