मंगलबार, भदौ १०, २०८२

कांग्रेसले प्रचण्डलाई विश्वासको मत दिँदैन : नेता गगन थापा

नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर प्रजातन्त्रविरोधी शक्तिले कांग्रेसमाथि आक्रमण गर्न खोजेको नेता थापाको दाबी।
 |  शनिबार, पुस २३, २०७९

नेपाल समय

नेपाल समय

शनिबार, पुस २३, २०७९

काठमाडौं– कांग्रेस महामन्त्री एवं सांसद गगनकुमार थापाले प्रतिपक्षमा बसेर सरकारका राम्र्रा र नराम्रा कामबारे खबरदारी गरिने बताएका छन्। शनिबार सिंहदरबारस्थित संसदीय दलको बैठकपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले यस्तो बताएका हुन्।

उनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई कांग्रेसले विश्वासको मत नदिने बताए। संसद्का दोस्रो, तेस्रोलगायत अन्य दलहरुले गठबन्धन बनाएर साझा उम्मेदवार बनाएको अवस्थामा कांग्रेसले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने उनको भनाइ छ।

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत नदिने विषय आफ्नो व्यक्तिगत धारणा भए पनि पार्टीको औपचारिक निर्णय २६ पुसको बैठकले तय गर्ने उनले जानकारी दिए। 

उनले भने, ‘२६ पुसमा जुन दिन संसद्मा प्रधानमन्त्रीले विश्वासको मतका लागि आफूलाई प्रस्तुत गर्दै हुनुहुन्छ। सोही दिन बिहान ९ बजे हामी बैठक बस्छौं। त्यो बैठकमा निर्णय गर्नेछौं। कांग्रेसले यो बेला संसद्भित्र दोस्रो, तेस्रो पार्टी मिलेर गठबन्धन बनाएर विश्वासको मत लिन उम्मेदवार प्रस्तुत गरेपछि त्यहाँ विश्वासको मत दिने कुरा सामान्य छलफलको विषय होइन, हामी प्रतिपक्षमा बसेर आफ्नो जिम्मेवारी निर्वाह गर्ने हो। कांग्रेस प्रतिपक्षमा बस्छ भन्ने कुरा स्पष्ट छ।’

महामन्त्री थापाले कांग्रेस केन्द्रयी समिति बैठक २८ पुसबाट बस्ने र बैठकले निर्वाचन, राजनीतिक घटनाक्रमबारे विस्तृत छलफल गर्ने बताए। नयाँ गठबन्धन बनाउन लागेको भन्ने भ्रमपूर्ण समाचार फैलाएर प्रजातन्त्रविरोधी शक्तिले कांग्रेसमाथि आक्रमण गर्न खोजेको उनको दाबी छ। राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई कांग्रेसले प्रधानमन्त्रीमा प्रस्ताव गर्ने भन्ने कुरा सोच्न पनि नसक्ने उनको भनाइ छ।

प्रकाशित: Jan 07, 2023| 17:00 शनिबार, पुस २३, २०७९
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

कांग्रेसले नाम दिए मन्त्रिपरिषद् विस्तार आजै

सत्ता गठबन्धनको भागबण्डाअनुसार कांग्रेसले ८ मन्त्रालय र एक राज्यमन्त्री पाए पनि पार्टीभित्रको विवादका कारण उसले सबै मन्त्रीको टुंगो लगाउन सकेन। जसले गर्दा दोस्रो पटक सपथ...