मंगलबार, जेठ २८, २०८२

सिटिजन्स बैंकका ग्राहकले फ्रन्टलाइन हस्पिटलमा छुट पाउने

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन्। बैंक र अस्पतालबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारी भएको हो।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडका ग्राहकले पुरानो बानेश्वरमा रहेको फ्रन्टलाइन हस्पिटलमा छुट पाउने भएका छन्। बैंक र अस्पतालबीच बैंकका कार्डवाहकलाई विशेष छुट दिने समझदारी भएको हो।  

समझदारीअनुसार सिटिजन्स बैंकका कार्डवाहकले उक्त अस्पतालका विभिन्न सेवामा १३ प्रतिशतसम्म छुट पाउने बैंकले जनाएको छ। यस किसिमको सहकार्यबाट बैंकका ग्राहक लाभान्वित हुनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारतर्फ उत्प्रेरित गर्ने बैंकले विश्वास व्यक्त गरेको छ। 

बैंकले डिजिटल बैंकिङ माध्यमहरूको प्रयोगलाई बढाउन र ग्राहकलाई डिजिटल माध्यमबाट भुक्तानीमा प्रोत्साहन गर्न समय–समयमा ग्राहकमैत्री सुविधा सञ्चालनमा ल्याउँदै आएको जनाएको छ।

बैंकले भारतको दिल्लीमा रहेको मेदान्त हस्पिटललगायत मुलुकको करिब २५ अस्पतालसँग छुट सहकार्यको सम्झौता गरेको जनाएको छ। हाल बैंकले देशभरमा एक सय ८० शाखा, तीन विस्तारित काउन्टर, एक सय ३३ एटिएम र ९७ शाखारहित बैंकिङ इकाइमार्फत सेवा दिइरहेको जनाएको छ।


प्रकाशित: Jan 06, 2023| 15:41 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्