मंगलबार, जेठ २८, २०८२

महालक्ष्मी विकास बैंकका ग्राहकलाई ओम समाज डेन्टल हस्पिटलमा विशेष छुट

महालक्ष्मी विकास बैंक लिमिटेडले चाबहिलमा रहेको ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ।
 |  शुक्रबार, पुस २२, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस २२, २०७९

काठमाडौं- महालक्ष्मी विकास बैंक लिमिटेडले चाबहिलमा रहेको ओम समाज डेन्टल हस्पिटलसँग सम्झौता गरेको छ। सम्झौतापश्चात् यस बैंकका डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहकले उक्त संस्थाका विभिन्न सेवाहरूमा विशेष छुट प्राप्त गर्न सक्नेछन्।

बैंकका ग्राहकले ओम समाज डेन्टल हस्पिटलको ओपिडी परामर्श र परीक्षण सेवा निःशुल्क, जनरल डेन्टल उपचार सेवामा १५ प्रतिशत तथा अर्थो थेरापी र दन्त प्रत्यारोपण उपचार सेवामा १०प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। सम्झौतापत्रमा अस्पतालका तर्फबाट अध्यक्ष डा. सुभाष घिमिरे र बैंकका तर्फबाट निक्षेप बजारीकरण तथा संस्थागत सम्पर्क विभाग प्रमुख वसन्त बक्सीले हस्ताक्षर गरेका हुन्।

सो सहकार्यबाट दन्त उपचारमा ग्राहकको पहुँच बढ्नुका साथै डेबिट कार्ड तथा मोबाइल बैंकिङ प्रयोग गर्ने ग्राहक सहज र सुलभ दन्त उपचारबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ।


प्रकाशित: Jan 06, 2023| 14:11 शुक्रबार, पुस २२, २०७९
प्रतिक्रिया दिनुहोस्