शनिबार, असार १४, २०८२

फिक्कल प्राथमिक स्वास्थ्य केन्द्र अस्पतालमा स्तरोन्नति

नगरपालिकाले स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि सञ्चालनमा ल्याइएको हो।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

इलाम– इलामको सूर्योदय नगरपालिकाले फिक्कल प्राथमिक स्वास्थ्य केन्द्रलाई अस्पतालमा रुपान्तरण गरेको छ। नगरपालिकाले स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्दै १५ शय्याको अस्पतालका लागि स्वीकृति दिएपछि बिहीबारदेखि सञ्चालनमा ल्याइएको हो। अस्पतालमा ३३ जनाको दरबन्दी रहने भएको छ। स्वास्थ्य केन्द्रबाट अस्पतालमा रुपान्तरण भएपछि २४ घन्टै सेवा प्रवाह हुनेछ।

यसअघि अस्पतालले स्वास्थ्य जाँच र आकस्मिक सेवा मात्र मात्रै दिँदै आएकामा बिरामी भर्ना गरी उपचार पनि गरिने भएको छ। नगर प्रमुख रणबहाुदर राईले उक्त अस्पताल शुभारम्भ गर्दै नगरपालिकाले दरबन्दी सिर्जना र संगठनात्मक संरचनासमेत पारित गरिसकेको बताए। ‘आकस्मिक अवस्था र  बिरामी हुँदा सूर्योदय तथा आसपासका क्षेत्रका बासिन्दा झापा जानुपर्ने बाध्यता केही हदसम्म कम हुनेछ’, उनले भने, ‘भौगोलिक रुपमा नगरपालिका दुर्गम भए पनि सबै वडामा जान सक्ने गरी बाटो निर्माण गरी केही दिनभित्र एम्बुलेन्स पनि अस्पताललाई हस्तान्तरण गरिनेछ।’

उपप्रमुख दुर्गाकुमार बरालले स्वास्थ्य सेवा लिन नगरका विभिन्न क्षेत्रका बासिन्दालाई सहज हुने बताए। हाल प्राथमिक स्वास्थ्य केन्द्रको भवनमा बेडको व्यवस्था गरी अस्पताल सञ्चालन भइरहेको छ। निर्माण भइरहेको नयाँ भवनलाई समयमै सम्पन्न गराएर चाँडै सेवा प्रवाहमा सहज गराउने नगरपालिकाले जनाएको छ।

प्रकाशित: Dec 30, 2022| 17:40 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्