शनिबार, असार १४, २०८२

राष्ट्रिय औषधी नीति, २०७९ को प्रारम्भिक मस्यौदा तयार

राष्ट्रिय औषधी नीति बनाउने जिम्मा अमेरिकी संस्थालाई दिइएको चर्चा चलिरहेका बेला त्यसको खण्डन गर्दै मन्त्रालयले नै प्रारम्भिक मस्यौदा तयार पारेको विभागले उल्लेख गरेको हो।
 |  शुक्रबार, पुस १५, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस १५, २०७९

काठमाडौं– औषधी व्यवस्था विभागले राष्ट्रिय औषधी नीति, २०७९ को प्रारम्भिक मस्यौदा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तयार पारेको जनाएको छ।

राष्ट्रिय औषधी नीति बनाउने जिम्मा अमेरिकी संस्थालाई दिइएको चर्चा चलिरहेका बेला त्यसको खण्डन गर्दै मन्त्रालयले नै प्रारम्भिक मस्यौदा तयार पारेको विभागले उल्लेख गरेको हो।

विभागले विज्ञप्ति जारी गर्दै नयाँ नीतिको प्रारम्भिक मस्यौदा सरोकारवालासँग व्यापक छलफल गरी स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नेतृत्वमा तयार गरेको र त्यसको व्यवस्थापकीय सहयोग मात्रै युएसएआईडी÷एमटिएपीएसले गरेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटै राष्ट्रिय औषधी नीतिको मस्यौदा तयार हुने र मन्त्रिपरिषद्बाट स्वीकृत हुने प्रावधान रहेको विभागले स्पष्ट पारेको छ। 

‘स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाटै राष्ट्रिय औषधी नीतिको मस्यौदा तयार हुने र मन्त्रिपरिषद्बाट स्वीकृत हुनुपर्ने प्रावधान रहेको छ,’ विभागका वरिष्ठ औषधी व्यवस्थापकको हस्ताक्षरयुक्त विज्ञप्तिमा भनिएको छ। विभागले यसअघिको राष्ट्रिय औषधी नीति, २०५१ लाई बदलिँदो अन्तर्राष्ट्रिय चुनौतीसँग सामना गर्न सक्ने गरी राष्ट्रिय औषधी उत्पादनमा थप आत्मनिर्भर बनाउने उद्देश्यले नयाँ औषधी नीति निर्माण चरण रहेको जानकारी दिएको छ।

प्रकाशित: Dec 30, 2022| 12:35 शुक्रबार, पुस १५, २०७९
प्रतिक्रिया दिनुहोस्