शनिबार, असार १४, २०८२

नर्भिक अस्पतालद्वारा साधारणसभा आह्वान

आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारण सभा आह्वान गरेको छ।
 |  बुधबार, पुस १३, २०७९

नेपाल समय

नेपाल समय

बुधबार, पुस १३, २०७९

काठमाडौं‍‍- आइपीओ निश्कासनको योजनासहित पब्लिक लिमीटेडमा रुपान्तरण हुने देशकै पहिलो अस्पताल नर्भिकले वार्षिक साधारण सभा आह्वान गरेको छ। केही दिनअघि बसेको नर्भिक इन्टरनेशनल हस्पिटलको सञ्चालक समितिको बैठकले आगामी पुस २९ गते शुक्रवारका दिन वार्षिक साधारण सभा आह्वान गरेको हो।

साधारणसभा थापाथलीस्थित बिएलसीको सभाकक्षमा हुने अस्पतालकी कम्पनी सचिव सलुजा श्रेष्ठले जानकारी दिइन्। साधारण सभाले सञ्चालक समितिबाट भएको प्रस्ताव बमोजिम आर्थिक वर्ष २०७८र७९ को नाफाबाट आफ्ना शेयरधनीलाई ४० प्रतिशत लाभांश वितरणको निर्णयलाई अनुमोदन गर्नेछ। घोषित कुल लाभांश मध्ये २० प्रतिशत बोनस शेयर २० प्रतिशत नगद लाभांश ९कर प्रयोजनका लागि समेत० रहेको छ।

यी दुवै प्रस्तावलाई साधारण सभाले अनुमोदन गर्ने छ। हाल नर्भिक अस्पतालको चुक्ता पूँजी २२ करोड ५० लाख रुपैयाँ रहेको छ। साधारण सभाबाट २० प्रतिशत बोनस शेयर वितरणको प्रस्ताव पारित भएपछि चुक्ता पूँजी बढेर २७ करोड रुपैयाँको उचाईमा पुग्नेछ।

सञ्चालक समितिको वार्षिक प्रतिवेदन २०७८र०७९ उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहित २०७९ असार मसान्तसम्मको कम्पनीको वार्षिक आर्थिक विवरणमा छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९र०८० का लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने, सञ्चालक समितिबाट भएका निर्णयहरु अनुमोदन गर्ने लगायतका एजेण्डामाथि साधारण सभामा छलफल हुने अस्पतालले जनाएको छ।


प्रकाशित: Dec 28, 2022| 17:13 बुधबार, पुस १३, २०७९
प्रतिक्रिया दिनुहोस्