शनिबार, असार १४, २०८२

कोरोना बढेसँगै चीनमा औषधि र स्वास्थ्यकर्मी अभाव

चीनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। दिनहुँ संक्रमित बढ्दै जाँदा देशको स्वास्थ्यवस्था नाजुग बन्न पुगेको छ।
 |  शुक्रबार, पुस ८, २०७९

नेपाल समय

नेपाल समय

शुक्रबार, पुस ८, २०७९

काठमाडौं- चीनमा कोरोना संक्रमण तीव्र गतिमा फैलिन थालेको छ। दिनहुँ संक्रमित बढ्दै जाँदा देशको स्वास्थ्यवस्था नाजुग बन्न पुगेको छ।

चीनमा स्वास्थ्यकर्मी र औषधिको चरम अभाव सिर्जना भएको चीनीया सञ्चारमाध्यमले जनाएका छन्। त्यहाँ सरकारले चिकित्सा आपूर्ति उत्पादन बढाउन माग गरेको छ।

चीनमा नागरिकहरूले औषधि र कोरोना जाँच किट्का लागि संघर्ष गरिरहेका छन्। चीनका प्रमुख सहरका फर्मासिस्टहरूले औषधिको खपत ठूलो मात्रामा भइरहेको जनाएका छन्। कोरोनाका सामान्य लक्षण भएका बिरामीलाई सरकारले उच्च स्वास्थ्य सावधानी अपनाएर घरमै उपचार गर्न आग्रह गरिरहेको छ। यतिबेला चिनमा औषधिका साथै र्‍यापिड एन्टीजेन स्टेस्ट  किटको पनि चरम अभाव देखिएको छ।

राष्ट्रव्यापी औषधिको संकटबाट छुट्कारा पाउनका लागि एक दर्जन भन्दा धेरै चीनीया फर्मास्युटीकल फार्मलाई सरकारले आफ्नो अधिनमा लिएको छ। स्थानीय रिपोर्टका अनुसार ४२ किट परीक्षण निर्माण कम्पनी मध्ये ११ उत्पादनलाई चीनको चिकित्सा नियमकद्वारा लाइसेन्स दिइएको थियो। उनका उत्पादनको हिस्सालाई सरकारले जफत गरेको हो।

चीनमा केही परिवारका पुरै सदस्य कोरोना संक्रमित भएका छन्। उनीहरूलाई ज्वरोको औषधि पाउनसमेत गाह्रो भइरहेको छ। ठूलो संख्यामा कोरोना संक्रमित अस्पताल पुग्दा स्वास्थ्यकर्मी, औषधि र उपकरणको समस्या भइरहेको हो।

प्रकाशित: Dec 23, 2022| 12:08 शुक्रबार, पुस ८, २०७९
प्रतिक्रिया दिनुहोस्