काठमाडौं- अतिरिक्त स्वास्थ्य सचिव १२औं तहका खाली रहेका दुई पदका लागि तीन जनाको नाम सिफारिस भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बिहीबार बसेको बढुवा समितिको बैठकले पहिलो नम्बरमा डा. श्रीकृष्ण श्रेष्ठ, दोस्रो नम्बरमा डा. विकास देवकोटा र तेस्रो नम्बरमा डा. टंक बराकोटीलाई सिफारिस गरेको हो।
डा. श्रेष्ठ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन् भने डा. देवकोटा लुम्बिनी प्रदेश स्वास्थ्य सचिवका रुपमा कार्यरत छन्। डा. बराकोटी प्रदेश अस्पता भद्रपुरमा कार्यरत छन्।
अबको मन्त्रिपरिषद् बैठकले सिफारिसमा पर्नुभएको तीन मध्ये दुई जनालाई १२औं तहमा बढुवा गर्नेछ। यस पदका लागि २१ जनाले आवेदन दिएका थिए।