शनिबार, असार १४, २०८२

चिकित्सक संघको निर्वाचन, १९ पदका लागि ४१ उम्मेदवार

संघको निर्वाचनमा प्रजातान्त्रिक, प्रगतिशील र एकल गरी ४१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
 |  मंगलबार, पुस ५, २०७९

नेपाल समय

नेपाल समय

मंगलबार, पुस ५, २०७९

काठमाडौं– नेपाल चिकित्सक संघको आसन्न निर्वाचनका लागि ४१ जनाको उम्मेदवारी परेको छ। संघको निर्वाचनमा प्रजातान्त्रिक, प्रगतिशील र एकल गरी ४१ जनाले उम्मेदवारी दर्ता गराएका हुन्। 

प्रजातान्त्रिक प्यानलका पाँच जना निर्विरोध निर्वाचित भइसकेका छन्। संघको वरिष्ठ उपाध्यक्ष, लुम्बिनी र कर्णाली प्रदेश उपाध्यक्ष, सह–कोषाध्यक्ष र सह–सचिवमा निर्विरोध निर्वाचित भएका हुन्। प्रजातान्त्रिक प्यानलबाट सबै पदमा उम्मेदवार छन् भने प्रगतिशील प्यानलले केही पदबाहेक अधिकांशमा उम्मेदवार उठाएको छ।

वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, लुम्बिनी प्रदेश उपाध्यक्षमा डा. नन्दाकुमारी गुरुङ, कर्णाली प्रदेश उपाध्यक्षमा डा. केशरबहादुर ढकाल, सह–कोषाध्यक्षमा डा. विक्रान्त ढकाल र सहसचिवमा डा. लिजन महर्जन निर्विरोध निर्वाचित भएका छन्। मनोनयनका लागि निर्धारित समयमा उक्त पदमा एकल अम्मेदवारी परेपछि उनीहरु निर्विरोध निर्वाचित भएका हुन्। 

अध्यक्ष र महासचिवमा तीन÷तीन जनाको उम्मेदवारी परेको छ। प्रजातान्त्रिक प्यानलबाट डा. अनिलविक्रम कार्की अध्यक्षका उम्मेदवार छन्। प्रगतिशील प्यानलबाट डा. सन्तोष पौडेल र डा. शिवजी सिलवालले अध्यक्षमा एकल उम्मेदवारी दिएका छन्। यस्तै, महासचिवमा प्रजातान्त्रिक प्यानलबाट डा. सञ्जीव तिवारी, प्रगतिशील प्यानलबाट डा. रक्षा श्रेष्ठ र डा. अमृत भुसालले एकल उम्मेदवारी दिएका छन्।

प्रजातान्त्रिक प्यानलबाट अध्यक्षमा डा. अनिलविक्रम कार्की, वरिष्ठ उपाध्यक्षमा डा. बद्री रिजाल, उपाध्यक्ष (प्रदेश १) मा डा. विपेश आचार्य, उपाध्यक्ष (मधेस प्रदेश)मा डा. निरजकुमार सिंह, उपाध्यक्ष (बागमती प्रदेश)मा डा. प्रकाश बुढाथोकी, उपाध्यक्ष (गण्डकी प्रदेश)मा डा. राजन शर्मा, उपाध्यक्ष (लुम्बिनी प्रदेश)मा डा. नन्दाकुमारी गुरुङ, उपाध्यक्ष (कर्णाली प्रदेश)मा डा. केशरबहादुर ढकाल, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)मा डा. प्रशान्त भट्ट छन्।

यस्तै, महासचिवमा डा सञ्जीव तिवारी, कोषाध्यक्षमा डा. प्रमोद जोशी, सहसचिवमा डा. लिजन महर्जन, सहकोषाध्यक्षमा डा. विक्रान्त ढकाल, सदस्यमा डा. किशोर खत्री, डा. मनोहर दिन सैयद, डा. सिर्जना विष्ट, डा. अमित रञ्जन मिश्र, डा. तेजशुसिंह मल्ल र डा. युविनकुमार यादव छन्।

प्रगतिशील प्यानलबाट अध्यक्षमा डा. सन्तोष पौडेल, उपाध्यक्ष (प्रदेश १)मा डा. यज्ञराज खरेल, उपाध्यक्ष (मधेस प्रदेश)मा डा. महेश महासेठ, उपाध्यक्ष (गण्डकी प्रदेश)मा डा. विकास गौचन, उपाध्यक्ष (सुदूरपश्चिम प्रदेश)मा डा. निरज अर्याल, महासचिवमा डा. रक्षा श्रेष्ठ, कोषाध्यक्षमा डा. अन्जना महर्जन र सदस्यमा डा. अभियान गौतम, डा. पदम नेपाली, डा. स्मृति महत, डा. सुरेन्द्र यादव, डा. रमेश श्रेष्ठ र डा. कुम्भ जोशी छन्।

यस्तै,  डा. शिवजी सिलवालले एकल रुपमा स्वतन्त्र उम्मेदवारी दिएका छन्। उपाध्यक्ष मधेस प्रदेशमा डा. अजयकुमार मिश्र, उपाध्यक्ष बागमती प्रदेशमा डा. सञ्जयकुमार ठाकुर, उपाध्यक्ष सुदूरपश्चिमा डा. प्रवीणकुमार गिरीले पनि स्वतन्त्र रुपमा एकल  उम्मेदवारी दिएका छन्। महासचिवमा डा. अमृत भुसाल, सदस्यमा डा. चेतन बस्नेत र डा. मोहम्मद अनमुल हकले पनि स्वतन्त्र उम्मेदवारी दिएका छन्।

निर्वाचन कार्यतालिकाअनुसार ६ र ७ माघमा उपत्यकाबाहिर र १९, २० र २१ माघमा उपत्यकाभित्र मतदान हुँदै छ। संघको केन्द्रीय कार्यकारिणी समितिका लागि एक अध्यक्ष, एक वरिष्ठ उपाध्याक्ष, ७ उपाध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, एक सहसचिव, एक सह–कोषाध्यक्ष र ६ सदस्य गरी १९ जनाको निर्वाचन हुँदै छ।

प्रकाशित: Dec 20, 2022| 15:15 मंगलबार, पुस ५, २०७९
प्रतिक्रिया दिनुहोस्